भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १४६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ८ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ६८ हजार ५ सय ०९ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या १९ हजार ६ सय २७ रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड १८ लाख ८९ हजार ८ सय ३२ कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म ३४ हजार ५ सय ४५ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३६ हजार ३ सय ८३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ३९ लाख ७० हजार ५ सय ९ पुगेको छ ।