eNepal

दशैँ कप फुटबल प्रतियोगिता भव्यताका साथ सम्पन्न, बिकास्ट टीमले जित्यो उपाधी

नेपाली सोसाइटी अफ तास्मानियाले आयोजना गरेको २ दिने दशैँ कप फुटबल प्रतियोगिता आइतबार सम्पन्न भएको छ । उक्त प्रतियोगिताको फाइनलमा एनएफ सिटीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै बिकास्ट टीमले उपाधिमा कब्जा जमायो ।

Dashain Cup 2021 winner team

नेपाली तास्मानिया स्पोर्ट एसोसियसन अष्ट्रेलिया (एनटिएसए) र अष्ट्रेलियन नेपाली फुटबल एसोसियसन(एन्फा)को सहकार्यमा भएको खेलको उद्घाटन खेल होबार्टमा रहेका महिलाहरूबीच भएको थियो ।

Dashain Cup 2021 2nd Runner up Team

सोही प्रतियोगितामा आइतबार बिजनेश अर्गनाइजेशन र सोसल अर्गनाइजेशनबिच पनि प्रतिस्पर्धा भएको थियो । जसमा सोसल अर्गनाइजेशन २–० गोल अन्तरले विजयी भयो । होबार्टमा रहेका उद्योगहरू र तास्मानियामा रहेका संघसंस्थाहरूबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न २ संस्थाबिच मैत्रिपूर्ण खेल खेलाइएको थियो ।

प्रतियोगिताको उद्घाटन समारोहमा तास्मानिया राज्यकी महान्यायाधिवक्तासमेत रहेकी न्याय, कार्यस्थल सुरक्षा तथा कलामन्त्री एलिस आर्चर लगायतको उपस्थित रहेको थियो । मन्त्री आर्चर नै प्रतियोगिताको औपचारिक उद्घाटन गरेकी थिइन् । उक्त कार्यक्रममा उनले कोरोनाका कारण केही टाढिएको व्यवहारलाई जोड्न खेल महत्वपूर्ण हुने बताएकी थिइन् । उनले यो खेल आयोजना गरेकोमा नेपाली सोसाइटी अफ तास्मानियालाई धन्यवाद पनि दिएकी थिइन् ।

Nepalese Society of Tasmania President Khagendra Satyal and Chief Guest MP Elise Archer

शनिबारको लिग खेलमा तास्मानियका ७ वटा टोलीले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको उपाधि होबार्टको बिकास्ट टिमले जितेको छ । प्रतियोगितामा प्रथम भएको उक्त क्लबले ट्रफिसहित पुरस्कार स्वरूप नगद १५०० डलर प्राप्त गर्यो ।

निकै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलको निर्धारित समयमा एक-एक गोलको बराबरीमा सकिएको थियो । एनएपफसिटी र बिकास्टबिचको खेलमा पेनाल्टी सुटआटबाट उपाधिको छिनोफानो गरिएको थियो । जसमा बिकास्ट टिम भाग्यमानी साबित हुँदै च्याम्पियन बन्यो । दोश्रो बनेको एनएफसिटीले ट्रफीसहित १००० डलर पुरस्कार पायो ।

त्यसैगरी, खुकुरी ब्लुलाई हराउँदै तेश्रो बनेको मार्फा एफसीले ट्रफीसहित ५०० डलर पुरस्कार स्वरूप पाएको थियो ।

Dashain Cup 2021 First Runner Up Team

संस्थाका अध्यक्ष खगेन्द्र सत्यालका अनुसार अक्टोबर ९ र १० तारिखका दिन भएको खेलमा उल्लेख्य संख्यामा दर्शकको उपस्थिति रहेको थियो । उक्त खेल तास्मानिया फुटबल फेडेरेशनका रेफ्रीद्वारा खेलाइएको थियो । खेलको व्यवस्थापकीय पक्ष एकदम चुस्त भएको आयोजक पक्षले दाबी गरेको छ ।

खेलको दोश्रो दिन दुर्गा पुजा समेत आयोजना गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष सत्यालले नेपाली समुदायले कार्यक्रम र खेलप्रति देखाएको सद्भावको प्रशंसा गरेका थिए ।

यस प्रतियोगितामा उत्कृष्ट गोलकिपर च्याम्पियन टोलीका बिनोद कार्की भएका थिए । सबैभन्दा धेरै गोल गर्ने खेलाडी भने एनएफ सिटीका सबिन केसी भए । उपाधिमा कब्जा जमाएको बिकास्टले फेयर प्लेको अवार्ड पनि हात पार्यो । त्यस्तै, म्यान अफ दि सिरिजको उपाधि एनएफ सिटीका नोरसिंह स्याङ्देनले पाएका थिए ।

एनआरएनए तास्मानिया, तास्मानिया नेपाली क्रिकेछ एसोसियसन, होबार्ट बोइज र विनर सर्कलले पनि यस प्रतियोगिता सम्पन्न गर्न सहयोग गरेका थिए ।

आइतबार खेल मैदानमा पण्डित तुलसीराम भण्डारीद्वारा दुर्गा पुजा गरिएको थियो । नेपाली सोसाइटी अफ तास्मानियाले कला, संस्कृति र धर्मलाई जगेर्ना गर्ने र दोश्रो पुस्तालाई पनि कला, साहित्य, धर्म र संस्कृति चिनाउने कार्यसँगै यस वर्ष पहिलो पटक दशैँ कप फुटबल प्रतियोगिता आयोजना गरेको हो । यस प्रतियोगितापछि नेपाली सोसाइटी अफ तास्मानियाको चर्चा सुरू भएको छ ।

खेल हेर्न पुगेका दर्शकहरूले नेपाली भूमिमै खेल आयोजना भएको जस्तो अनुभव गरेको प्रतिक्रिया दिएका थिए । यस प्रतियोगिता केजिभी फुटबल मैदानमा भएको थियो ।

Related posts

विस्वभर फैलाउने योजना अनुरुप नेपाली गोल्डस्टार जुत्ता अमेरिकी बजारमा

Manoj Poudyal

मेल्बर्नमा बिहीबार रातीबाट लकडाउन हट्दै, १० जना सम्म घरमा आउन मिल्ने

Manoj Poudyal

फाइनलमा नेपाललाई पराजित गर्दै भारत बन्यो आठौं पटक साफ च्याम्पियनसिपको विजेता

Manoj Poudyal

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा १८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

Manoj Poudyal

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा १९९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

Manoj Poudyal

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा २१७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

Manoj Poudyal