भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १६१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ८ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ७३ हजार १ सय ३८ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या १९ हजार १२ रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड १८ लाख १६ हजार ६ सय ९४ कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म ३३ हजार ६ सय ३७ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३४ हजार २ सय ७९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ३९ लाख ३४ हजार १ सय ३१ पुगेको छ ।