भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ५ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ७४ हजार १ सय ५ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या १८ हजार ३ सय ४२ रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड १७ लाख ४२ हजार ५ सय ८९ कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म ३२ हजार ९ सय १३ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३८ हजार ८ सय ६१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ३८ लाख ९९ हजार ६ सय ८ पुगेको छ ।