eNepal

राहत सहयोग वितरणलाई निरन्तरता दिदै न्याभ, तेस्रो चरणमा १८० प्याकेज वितरण

भिक्टोरिया सरकारको Priority Response to Multicultural Community (PRMC ) अन्तर्गत प्राप्त सहयोगमार्फत Nepalese Association of Victoria (न्याभ) ले कोभिड-१९ को असरबाट बहुसांस्कृतिक समुदायमा परेको असर न्यूनीकरण गर्नका लागि कोरोना भाइरस तथा कोभिड रोकथाम, यसको भ्याक्सिनबारे सचेतना र कोभिडको नियन्त्रणका लागि राज्यद्वारा पटकपटक गरिएका लक्डाउनबाट व्यक्ति, परिवार र समुदायको मानसिक स्वास्थ्यको अवस्था र सोको न्यूनीकरणको लागि अपनाउनु पर्ने साबधानी र समुदायले गर्न सक्ने कार्यहरुको बारेमा जनचेतना जगाउने उद्देश्यले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ।

पहिलो र दोश्रो चरणको राहत बितरण कार्यक्रम भिक्टोरीयामा रहेका बिभीन्न समुदायको सहयोगमा सफलतापूर्वक सम्पन्न भएसँगै न्याभले तेश्रो चरणको राहत सामाग्री वितरण शुरु गरेको हो। तेश्रो चरणमा १८० प्याकेजहरु भिक्टोरियामा बसोबास गर्ने बिभिन्न समुदायका कोविड प्रभावित व्यक्तिहरुलाई वितरण गरिएको छ।

विगतको राहत बितरणमा समुदाएबाटै स्वयंसेवकहरुले साथ दिएका थिए तर यस पटक भने न्याभका कार्यकारी सदस्यहरुबाटनै  सबै कोभीड सुरक्षा प्रोटोकललाई ध्यानमा राखी राहत प्याकेज वितरण गरिएको न्याभका उपाध्यक्ष एवम् राहत वितरण कार्यक्रमको संयोजन प्रेमराज उप्रेतीले बताउनु भयो।

गएको दुई दिनमा १८० प्याकेज वितरण भएको छ।यो ज्यादैनै सराहनिय काम रहेको बताउँदै न्याभका अध्यक्ष राम गुरुङले अहिलेको बिसम् परिस्थितीमा भिक्टोरीयामा रहेका अन्य नेपाली सँघसँस्थाले पनि आफ्नो तवर र तरीकाले राहत सहयोगमा जुटीरहनु भएको छ। यो कार्य प्रसंशनीय छ।यसको लागि भिक्टोरियन सरकार सांसद Ros Spence, भिक्टोरियन बहुसांस्कृतिक आयुक्त अध्यक्ष Viv Nguyen, भिक्टोरियन बहुसांस्कृतिक आयुक्त उपाध्यक्ष Bwe Thay, परशुराम शर्मा- लुइटेल जेपी, समुदायका अग्रज नेताहरु, कार्यकारी समितिका सदस्यहरु र वितरणमा सहयोग गर्नु हुने नरेन्द्र मल्ल ठकुरीलाई बिशेष धन्यबाद दिनु भएको छ।

दोश्रो चरणमा ९३ प्याकेजहरु भिक्टोरीयाका रिजनल क्षेत्र सेफाटन, बालाराटका बिभीन्न काउन्सिलसँगको सहयोगमा बिविध समुदाए र आदिवासीहरुलाई राहत सहयोग वितरण गरेको थियो भने यस अघि मिल्दुरा र फिलीप आइलेण्ड क्षेत्रमा ८० प्याकेज राहत बितरण गरिसकेको छ। कोभिडको कारणले अल्पकालीनरुपका आर्थिक अभाव भएका १८६ जनालाई दैनिक उपभोग्य सामग्री (चामल, दाल, तेल, चाउचाउ, चिउरा आदि) तथा स्यानीटाईजर, मास्क लगायतका सामग्रीहरु वितरण गरेको थियो।राहत वितरण कार्यक्रमको संयोजन न्याभका उपाध्यक्ष प्रेम राज उप्रेतीले गर्नु भएको छ। उहाँलाई कृष्ण चालिसे र ललीसा थापाले साथ दिनु भएको छ भने अर्थ व्यबस्थापन समाजका कोषाध्यक्ष यकिन्द्र तिमील्सिनाले गर्नु भएको छ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349