नेपालीहरु महान चाढ वढा दशैँको अवसर पारेर पछिल्लो समय भिक्टोरीया राज्यको मेल्बर्नमा सक्रिए रहेकोको युवाहरुको सनजाल मेल्वर्ननेपालले दशैं उत्सवका रुप मनाउदै राहत कोष संकलन अभियान संचालन गरेको छ।
“दशैँ चिठ्ठा तपाईंको, खुसी सबैको” नाराको साथ चलाइएको अभियानबाट हाल सम्म १२०० दशैं चिट्ठा बिक्रि भइसकेको छ। ५ डलर मुल्य राखेर गरिएको यस चिट्ठा कार्यक्रमबाट की त खसि पर्छ , की त कुखुरा पर्छ , केहि नपरे अरुको खुसी पर्छ ! की त उपहार पर्छ, हैन भने कसैलाई दशैं कोसेली पर्छ , केहि नपरे अरुको खुसी पक्कै पर्छ भन्दै समूदाएका सबैलाई यो पुण्य कार्यक्रममा सहभागीता जनाउन समुदाएका सबैलाई अनुरोध गरिएको छ।
चिट्ठा कार्यक्रम बापत उठेको कोषको एक हिस्सा हाल मेल्बर्नमा कोभीडका कारण आइसोलेसनमा बसेका नेपाली समुदाएका बिसजनालाई दशैं कोशेली बितरण गरिदैछ भने अर्को हिस्सा नेपालमा रहेको Our Child Protection Foundation Nepal – OCPFN मा रहेका ३० जना अनाथ बालबालिकालाई शैक्षिक, खेलकुद तथा सङ्गीतका केहि सामग्रीहरु हस्तान्तरण गरेको छ।
दशैं हाम्रो सबै भन्दा ठूलो पर्ब हो।बिदेशी कर्मभुमिमा रहेर पनि युवा सामजिक सञ्जाल मार्फ़त नेपालमा जस्तै चिठ्ठा कार्यक्रम गरेर समुदाएलाई केही सहयोग गरौ भन्ने हेतुले यो कार्यक्रम ल्याएको मेलबर्ननेपालका अध्यक्ष शैलेस घिमीरेले जानकारी गराउनु भयो। यसले चाढको यो माहौलमा परदेशमा एकअर्का बिच एकता, भाईचारा र आफनत्वको आभाष गराउँछनै यसको अलावा बालबालिकाहरुको बिभिन्न क्षेत्रमा भविष्य उज्जवल बनाउन पक्कै टेवा पुर्याउने विश्वास व्यक्त गर्नु भयो।
पहिलो पुरस्कार एउटा खसी र २५० डलर नगद, दोश्रो पुरस्कार एउटा खसी र १५० डलर नगद र तेस्रो पुरस्कार एउटा लोकल भाले र १५० नगद पुरस्कार राखिएको छ । त्यस्तै सान्त्वाना पुरस्कार ५ भाग्यशाली विजेतालाई आकर्षक गिफ्ट ह्याम्पर रहेको छ। यसको विजेता घोषणाको कार्यक्रम भोली हुँदैछ।