eNepal

दशैँ धमाका म्युजिकल नाइट आज, भव्य रहने आयोजकको दावी

विनर सर्कल–तास्मानियाको आयोजना र ग्लोबल मार्क एजुकेशन एण्ड भिजा सर्भिसेजको मुख्य प्रायोजनमा हुन लागिरहेको ‘दशैँ धमाका म्युजिकल नाइट’को सम्पूर्ण तयारी पुरा भएको छ ।

कार्यक्रममा प्रसिद्ध गायक बादल प्रसाई, होबर्टको ब्याण्ड ‘अर्थ’, डि.जे. अरूल्ला सहित विभिन्न स्थानिय कलाकारहरुको प्रस्तुति रहनेछ। अष्ट्रेलिया कोरोना भाइरसको चपेटामा रहेको बेला धेरै समयपछि यस्तो कार्यक्रम गर्न लागिएको हो ।

‘नेपाल र नेपाली संस्कृतिको प्रवर्द्धन गर्दै हाम्रो महान चाड दशैँ मनाउने हाम्रो चाहना हो । विदेशमा संघर्ष गरिरहेका नेपाली युवायुवतीहरूमा लुकेर रहेको प्रतिभालाई अगाडि लिएर आउने प्रयास गरेका छौ।’ विनर सर्कलका एडमिन साजन परियारले भने ।

परियारले कोरोनाका मापदण्ड अवलम्बन गर्दै यो कार्यक्रम सञ्जालन गरिने बताएका छन् । उनले भने, ‘ कोभिडका मापदण्ड अवलम्बन गर्दै होटल ग्राण्ड चान्सलरमा कार्यक्रम आयोजना गर्न गइरहेका छौ। यस स्थानमा सायद यो नै नेपालीको पहिलो कार्यक्रम हो ।’

अहिले यस कार्यक्रमले तास्मानिया र अष्ट्रेलियामा नै सकारात्मक चर्चा कमाइरहेको छ । युवाहरूका लागि काम गरिरहेको विनर सर्कलको तास्मानियामा यो नै पहिलो कार्यक्रम हो ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349