भिक्टोरियन प्रिमियर ड्यानियल एन्ड्रयूजले मास्क नलगाई पत्रकार सम्मेलनमा देखिएको आरोपमा भिक्टोरीया प्रहरीद्वारा ४०० डलर जरिवाना गरिएको छ।
मुख्य स्वास्थ्य अधिकारीको निर्देशन उल्लङघन गरेकोमा सूचना जारी गर्दै प्रहरीले ले जरिवाना गराएको थियो।
उनले गएको बुधबार र बिहिबार संसद भवन बाहिरको पत्रकार सम्मेलनमा मास्क नलगाई पत्रकारसँग कुरा गरेका थिए।
प्रहरीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “प्रिमियर एन्ड्रयूजले मास्क नलगाएकोमा दुई जरिवाना तिरेका छन्, प्रत्येकको मूल्य २०० डलर छ।”
एन्ड्रयूजले जरिवाना तिर्ने वाचा गर्दै सो रकम महामारीबाट प्रभावितहरुलाई सहयोग गर्ने एक परोपकारी संस्थालाई चन्दा दिन आग्रह गरेका छन्।उनले भनेका छन् भिक्टोरिया पुलिसलाई जरिवाना जारी गर्न आग्रह गर्छु र अवश्य पनि त्यो जरिवाना तिर्नेछु।
उनले भनेका छन् “यदि भिक्टोरीया पुलीसले जरिवाना जारी गरेनन् भने म उही मूल्य बराबरको रकम यो महामारीको बेला मानिसहरुलाई राहत सहयोगमा काम गर्ने एउटा परोपकारी संस्थालाई सो रकम दान गर्नेछु किनकि यो भिक्टोरीयामा जारी गरिएको नियम हो र सबैले सो नियम पालना गर्न आवश्यक छ । यसको लागि मलाई माफ गर्नुहोस्।
भिक्टोरियामा घर बाहिर व्यायाम गर्न बाहेक अन्य समय मास्क लगाउनु पर्ने नियम लागु गरिएको छ।मास्क नियमको उल्लंघन गरे $ २०० डलर जरिवाना छ।