भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ५ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ७७ हजार ५ सय ५४ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय ३० रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड १५ लाख ९१ हजार ५ सय ९२ कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म ३१ हजार ३ सय २ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३६ हजार ६ सय जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ३८ लाख १८ हजार २ सय ५९ पुगेको छ ।