eNepal

यूकेको रेड लिष्टबाट नेपाल पनि हट्यो

अन्तराष्ट्रिय यात्राका लागि विभिन्न प्रतिवन्धहरुसहित बेलायत सरकारले लागू गरेको रेड लिष्टको सूचीबाट नेपालसंगै अन्य ४६ देश हटेका छन् ।  

बिहीबार बेलायत सरकारले जम्मा ७ मुलुकलाई मात्रै रेड लिष्टमा राख्दै अन्य सबै मुलुकलाई रेड लिष्टबाट हटाएको हो ।  

आउंदो सोमबार बिहान ४ बजेदेखि यो परिवर्तन लागू हुनेछ । अब ७ वटामा सिमित पारिएका रेड लिष्ट मुलुकहरुमा कोलम्बिया, डोमिनिक रिपब्लिक, पेरु, पानामा, इक्वेडर, भेनेजुएला र हाइटी छन् ।  

रेड लिष्टबाट हटेपछि अब कोभिड खोपका दुबै डोज लगाएका यात्रुले नेपालबाट बेलायत आउँदा होटेल क्वारेन्टिन बसिराख्नुपर्ने छैन् ।

रेड लिष्टमा रहंदा यूकेका नागरिक र यहाँकै रेसिडेन्स पर्मिट हुनेलाई मात्र खुला राखिएको बेलायतमा अब भने पर्यटक र अन्य भिजिटर पनि आउन पाउनेछन् । 

दशैँको मुखमा नेपाल रेड लिष्टबाट बाहिरिएपछि चाडपर्वमा नेपाल जानेहरुलाई राहत हुने भएको छ । त्यस्तै, इन्टेकको शुरुमा बेलायत आइपुग्नै पर्ने अवस्थाका विद्यार्थीहरुलाई पनि चर्को शुल्कसहितको होटेल क्वारेन्टिनबाट मुक्ति मिल्नेछ ।

Related posts

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

अमेजीङ प्यारेन्ट्सले फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावक लक्ष्क्षित गर्दै दशै तथा दिपावली कार्यक्रम गर्दै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349