बाबा दसैं खर्च भनेर पैसा हाल्देको थिए। भोली सम्ममा खातामा जम्मा हुन्छ होला। दशैमा आफुलाई मन परेको लुगा किनेर लगाउनु। बहिनीलाई पनि के किन्छु भन्छे, दश हजार जति दिनु। अनि ममीले पनि धेरै रहर गरेर पोहोर देखि एउटा बेरुवा औठी लाउने रहर गर्नु भएको छ किन्नु भन्दिनु।
अनि छोरी तँ यो बर्षनि नआउने भइस् है। चार बर्षै बित्नै लागेछ तलाई दशैको टिका नलाई दिएको पनि। मिल्दैन र आउनु!
आउन त मिल्छ नी बाबा। तर फर्किने टुङ्गो छैन। मेरा साथी नेपाल गएका उतै अड्किएर बसेका छन्। के गर्नु गएर फर्किन मिल्ने भा भोलीको टिकट काटेर आउँथे। धित मरुन्जेल ममी बाबासँग बस्थे। मनले मागेको सबै रहर पुरा गर्थे ममीले पकाएको लट्टे भात खाएर डङरङ्ग सुत्थे अनि तिहारमा घर झिलीमिली बनाउँथे। रङ्गोली बनाएर मज्जाले चार बर्षका रहरहरु मेटीने गरि भैली खेल्थे अनि फर्केर आएर फेरी आफ्नो उही आफ्नो काम कलेजलाई अगाडी बढाउँथे।
के गर्नु समय कालखण्ड सबै परिबर्तन भयो। आफ्नासँगै डराउन पर्ने दिन आयो। रहरहरुलाई थाती राखेर जिवनमा आइ पर्ने बिभीन्न बाधाअड्चनलाई आत्मासाथ राख्दै सङ्घर्ष गर्न पर्ने रहेछ।
बाबाको गह भरी आशुँ भएको आबाजले भन्न लागे – धन्न तँ गएकी थिइस् र मुखमा माड लाग्न सक्यो। नत्र बिजोग हुने रहिछ। काम ठप्प भएको दुई बर्षै हुन लाग्यो। कोरोना महामारी शुरु भएदेखी काम सबै रोकीएको छ। तैले पैसा नपठाएको भए त हाम्रो के हाल हुन्थ्यो होला र छोरी। कमसेकम निन्द्रा त मिठो लाग्छ। छोरी छे नी कमाउने। हामीलाई हेर्ने।
छोरी हिजो तँ जाँदा दुनीयाले जिब्रो टोकेका थिए। फलानोको छोरी गइ।के गर्छे अब बिदेश गएर। घरमा सिन्को नभाँचेकी छोरी विदेशमा त काम नगरी टिकीदैन त। कुन दिन फर्केर आउँछे। आज सबको मुखमा बिर्को लगायौ। हामी त्यसमै खुसी छौ।
राम अङ्कलको छोरो अस्ट्रेलिया गएको आठ बर्ष भएछ। अहिले सम्म एक सुक्को पनि पठाएको छैन रे। पढिनजेल घरबाटै पैसा ठेलेछन्। पढाइ सकिए पछि खै कुलतमा लाग्या हो की के हो घरमा एउटा फोनले पत्याउँदैन रे। फोन गर्दा नि उठाउँदैन रे। डिप्रेसनमा गयो की भनेर अस्पतालमा भर्ना गर्दा पनि अस्पतालबाट डाक्टरसँगको सल्लाहामा हिडेछ। घरका सब परिवारले तनाब लिएर हैरान छ। अब त्यहाँ बसेर घरमा चिन्ता लिनु भन्दा नेपाल झिकाउन पाए हुने थियो भनेर बुझेका। नेपाल जादिन भनेर त्यतै बसेको छ रे। न बस्नेको टुङ्गो छ न खानेको टुङ्गो छ। बिचारा राम अङकल र आण्टी तनाबले आधा जिउका भइसके।
उसँगै गएका साथी पढाइ सकेर नेपाल आएर बिहे गरेर उतै गज्जवले सेटल भइसके।बोरु नेपाल झिकाउन पाए रिह्यावमा केही समय राख्न पाए सुध्रिन्थ्यो कि भनेर गुनासो गर्छन्।
हुन त आआफ्नो भाग्यको खेल हो।जसको भागमा जे लेखेको छ त्यहि भोग्नु पर्छ। काम काम मात्र पनि नभन। आफ्नो स्वास्थ्यको ख्याल राख। तिमीले त खोप लगायौ अब अरुलाई पनि खोप लगाउन प्रोत्साहित गर। जति सक्दो छिटो खोप लगाउछन् त्यति छिटो सिमा खोल्ने कुरो छ क्यारे। ठिकै छ यो दसैं यस्तै भयो। चित्त बुझाउँला। आगुम धुमधामले दसैं मनाउँला नी।हाम्रो आशिर्बाद छ तिमीलाई।