eNepal

नक्कली भारुको परिवन्दमा ५ नेपाली शिक्षकलार्इ जेल

वैशाख ८, २०७३- नेपाल-भारत सीमावर्ती बजार नौतनवामा घरपरिवारका लागि उपहार किन्ने  क्रममा साथमा नक्कली भारु नोट भेटिएपछि स्थानीय प्रहरी-प्रशासनले पाँच नेपाली शिक्षकलाई जेल चलान गरेको छ ।

दिल्ली/आग्राको एक साता लामो शैक्षिक/धार्मिक भ्रमण पूरा गरेर गत चैत २९ (अपि्रल ११) मा सुनौली नाका हुँदै घर फिर्ने क्रममा रहेका यात्रु शिक्षकले नजिकैको नौतनवा बजारमा उपहार किनमेल गरेका थिए । चितवन नगरपालिका-१२,  दिव्यनगरस्थित युवा माध्यमिक विद्यालयका शिक्षकहरु जीवाखर ढकाल, अम्बिकाप्रसाद घिमिरे, कृष्णचन्द्र सापकोटा, अच्युत घिमिरे -कर्मचारी) र शिवभक्त पण्डित -निवृत्त शिक्षक) नक्कली नोटको परिबन्दमा परेर कानुनी कारबाहीमा परेका हुन् । शैक्षिक भ्रमणमा भने शिक्षक, कर्मचारी तथा तिनका परिवार गरेर २८ जना भारत आएका थिए । नक्कली रुपैयाँ साथमा भेटिएका पाँचबाहेक अरू सबै यात्रु चितवन घर पुगिसकेका छन् ।
थुना पर्नेमध्येका एक आफन्त हाल साउथ एसिया युनिभर्सिटीमा अध्यापनरत युवराज पोखरेलका अनुसार पाँचैजनालाई एक सातायता कानुनी कारबाहीका क्रममा नौतनवा प्रहरीचौकी हँुदै अहिले महाराजगन्ज जिल्ला अदालतमा लगिएको छ । चितवन छँदै स्थानीय एजेन्टमार्फत् साटेको भारतीय पैसामध्ये चार हजार रुपैयाँ नक्कली भेटिएको र त्यही प्रमाणका आधारमा प्रहरीले कारबाही अघि बढाएको आफूले ढिलो गरी जानकारी पाएको पोखरेलले बताए । यो घटनाबारे पोखरेलले नेपाली दूतावासलाई जानकारी गराइसकेका छन् ।
चैत २३ देखि एक साता लामो बिदा लिएर शैक्षिक भ्रमणमा निस्किएका शिक्षकलाई चितवनकी आरती चौधरी, काठमाडौंका भरत श्रेष्ठ र रामप्रसाद श्रेष्ठले भारु रकम सटही गरिदिएको सूचना नेपाल प्रहरीले पाएको छ । सटही गर्नेमध्ये दुईलाई नेपाल प्रहरीले चितवनमा पक्राउ गरेर केरकार अघि बढाइसकेको स्थितिमा ‘कारबाहीको परिबन्दमा परेका पाँच शिक्षकलाई थुनामुक्त गराउन’ परराष्ट्र मन्त्रालय -काठमाडौं) ले भारतीय दूतावासमार्फत् अनुरोध गरिसकेको जानकारी पोखरेलले दिए । अनाहकमा थुनामा परेका शिक्षकहरुको उद्धारका लागि परराष्ट्र मन्त्रालयले दिल्लीस्थित दूतावासलाई पत्र लेखिसकेको र दूतावासले विदेश मन्त्रालयलाई उद्धारमा आवश्यक समन्वयका लागि अनुरोध गरिसकेको छ । दूतावासका काउन्सेलर एसएसपी यादव खनालले यो प्रकरणमा नेपालीको उद्धार तथा घरफिर्ती समन्वयका लागि दूतावासले कूटनीतिक पहल थालिसकेको जानकारी दिए ।
भारतमा ‘नक्कली नोटको कारोबार’ सम्बन्धी मुद्दालाई गम्भीर रूपमा लिइने भएकाले अदालती प्रक्रिया पूरा भएपछि मात्रै थुनामा परेका शिक्षकको रिहा स्थिति स्पष्ट हुने देखिएको छ । उत्तर प्रदेशमा पर्ने नौतनवा सहर सीमावर्ती सुनौली-भैरवहा नाकाबाट सात किलोमिटरको दूरीमा पर्छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349