भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १४२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ११ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ७१ हजार ४ सय ५९ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या १४ हजार ४ सय १० रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड १४ लाख ४२ हजार ९ सय ३ कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म २९ हजार ६ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३६ हजार ५ सय ४२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ३७ लाख ४४ हजार ८ सय १० पुगेको छ ।