भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १७६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ६२ हजार १ सय ८९ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या १४ हजार ३ सय ६८ रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड १३ लाख ८० हजार ७ सय १४ कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म २८ हजार ९ सय १० जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३५ हजार २ सय ५३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ३७ लाख ८ हजार २९ पुगेको छ ।