भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १३७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ६७ हजार ७ सय ८९ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या १२ हजार ७ सय ११ रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड १३ लाख १२ हजार ९ सय २५ कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म २८ हजार ४ सय ७४ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३० हजार ९ सय ८५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ३६ लाख ७२ हजार ५ सय ८७ पुगेको छ ।