नेपाली सोसाइटी अफ तास्मानियाले नेप्लिज तसमानियन स्पोर्ट्स एसोसियसन र अष्ट्रेलियन नेप्लिज फुटबल एसोसियसनसँगको सहकार्यमा नजिकीदै गरेको बढा दशैंको अबसर पारे तस्मानियामा दुई दिने दशैं कप आयोजना गर्ने भएको छ।
अक्टोबर ९ र १० तारिख केजिभी फुटबल ग्राउण्ड ग्लेनोर्चीमा हुने फुटबल प्रतियोगिता जित्नेले १५ सय अष्ट्रेलियन डलर र ट्रफि, दोस्रो हुनेले एक हजार अष्ट्रेलियन डलर र ट्रफि र तेस्रो हुनेले ५ सय अष्ट्रेलियन डलर र ट्रफि पाउने आयोजकले जनाएको छ ।
यस कपमा ७ ओटा टिमले सहभागीता जनाउने छन् । महिला टुर्नामेन्ट कर्पोरेट कप साथै व्यापारीक सँस्था र सामाजीक सँस्था बीचको कर्पोरेट कप पनि राखेको आयोजकले जनाएको छ । दशैँ कपलाई लिएर यहाँका सबै जना उत्साहित भएका छन् ।