नेपाली हिन्दु समाज अष्ट्रेलियाले अष्ट्रेलियाका बिभीन्न राज्यमा बसोबास गर्ने नेपालीहरुका लागि घटस्थापना र दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ ।
७ अक्टुबर बिहीबार मेल्बर्नको समय अनुसार घटस्थापनाको शुभ साइत बिहान ६:४७ बजे रहेको छ भने १५ अक्टोबर शुक्रबार १५ अक्टोबरको दिन विजया दशमीको शुभ साइत विहान १०: ३१ निर्धारण गरिएको छ। सिड्नीमा घटस्थापनाको शुभ साइत बिहान ६:२४ बजे रहेको छ भने १५ अक्टोबरको दिन विजया दशमीको साइत विहान १०: २५ निर्धारण गरिएको छ।
त्यस्तै ब्रिसबेनमा घटस्थापनाको शुभ साइत बिहान ५:२१ बजे रहेको छ भने १५ अक्टोबरको दिन विजया दशमीको साइत विहान १०: २९ निर्धारण गरिएको छ भने एडिलेडमा घटस्थापनाको शुभ साइत बिहान ६:४४ बजे रहेको छ भने १५ अक्टोबरको दिन विजया दशमीको साइत विहान १०: २६ निर्धारण गरिएको छ।
क्यानबेरामा घटस्थापनाको शुभ साइत बिहान ६:२४ बजे रहेको छ भने १५ अक्टोबरको दिन विजया दशमीको साइत विहान १०: २७ निर्धारण गरिएको छ।तास्मानियामा घटस्थापनाको शुभ साइत बिहान ६:३९ बजे रहेको छ भने १५ अक्टोबरको दिन विजया दशमीको साइत विहान १०: ५१ निर्धारण गरिएको छ।
पर्थमा घटस्थापनाको शुभ साइत बिहान ५:४८ बजे रहेको छ भने १५ अक्टोबरको दिन विजया दशमीको साइत विहान १०: ३ रहेको छ भने डार्बीनमा घटस्थापनाको शुभ साइत बिहान ६:२६ बजे रहेको छ भने १५ अक्टोबरको दिन विजया दशमीको साइत विहान १०: २७ निर्धारण गरिएको छ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको हो। भारतको दिल्लीमा १५ अक्टोबरको दिन बिहान ९ बजेर ५ मिनेटमा टीकाको उत्तम साइत निर्धारण गरिएको छ ।
अमेरिकाको न्यूयोर्क, केन्टुकी, टेक्सास र क्यालिफोर्नियामा बसोबास गर्दै आएकाहरुका लागि १५ अक्टोबरको दिन अलग–अलग साइत जुराइएको छ ।
न्यूयोर्कमा बिहान ९ बजेर २१ मिनेटमा, केन्टुकीमा बिहान ८ बजेर ४५ मिनेटमा, टेक्सासमा ८ बजेर १५ मिनेटमा र क्यालिफोर्नियामा बिहान ७ बजेर १५ मिनेटमा दशैंको टीका लगाउने उत्तम साइत रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।