eNepal

एएनपिएलले (ANPL) विश्व मानसिक स्वास्थ्य दिवस मनाउँदै

विश्व स्वास्थ्य संगठनको आव्हानमा हरेक वर्षको अक्टुबर १० लाई मानसिक स्वास्थ्य दिवसका रुपमा मनाउने गरिन्छ । हरेक बर्ष बिभीन्न नाराको साथमा मनाइदै आएको मानसिक स्वास्थ्य दिवसको यस बर्षको स्लोगन ‘Mental health care for all: let’s make it a reality’ भन्ने रहेको छ।

सन् २०१४ देखि अस्ट्रेलीयाको नेपाली समुदायमा मानसिक रोगको रोकथाम, मानसिक स्वास्थ्य प्राथमिक उपचार तालिमका अलावा सडक तथा पैदल यात्री सुरक्षा, बाइक शिक्षा प्रशिक्षण, पानी सुरक्षा, घर र कार सुरक्षा परियोजना सम्बन्धी बिभीन्न नवीन कार्यक्रमका तालिम संचालन गर्दै आएको अस्ट्रेलिया नेपाल पब्लिक लिंकले (ANPL) ले विश्व मानसिक स्वास्थ्य दिवशको अबसर पारेर आउँदो १० अक्टोबर आइतबार साँझ ६ बजे देखी ७:३० बजे सम्म एक बिशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। 

भर्चुअल माध्यमबाट सन्चालन गरिने यस कार्यक्रममा नेपाली समुदाय भित्र मानसिक स्वास्थ्यबाट निको हुनुभएका व्यक्तिहरुको अनुभव सुन्न पाइनेछ भने अस्ट्रेलियन सरकारका Dignitaries साथै मानसिक स्वास्थ्य विज्ञहरूको सहभागीता रहने छ। अस्ट्रेलियामा रहेका नेपालीहरूको मानसिक स्वास्थ्य अवस्था साथै यसबारे उनीहरूको बुझाइका बारेमा Western Sydney Universaty र ANPL को संयुक्त पहलमा गरिएको Research को findings प्रस्तुत गरिने साथै क्यू एण्ड ए सेसन गरिने आयोजक एएनपिलका अध्यक्ष निराजन गौलीले जानकारी गराउनु भयो।

विश्व मानसिक स्वास्थ्य दिवस १० अक्टोबर सन १९९२ मा पहिलो पटक मनाइएको थियो। अहिले आएर अक्टोबरको १० मानसिक स्वास्थ्य सम्बन्धी जागरूकता जगाउने र मानसिक रोग कुनै सामाजिक कलङ्क नभएको वकालतमा विश्वव्यापी शिक्षाको लागि अन्तराष्ट्रिय दिनको रुपमा मनाइदै आएको छ। विश्व मानसिक स्वास्थ्य दिवस सर्वप्रथम १९९२ मा वर्ल्ड फेडरेशन फर मेनटल हेल्थका डेपुटी सेक्रेटरी, जनरल रिचर्ड हन्टरको पहलमा विश्वव्यापी मानसिक स्वास्थ्य सङ्गठनहरु र यसको सदस्यहरूका साथ १५० भन्दा बढी देशहरूमा मनाइएको थियो।

सन १९९४ मा विश्व मानसिक स्वास्थ्य दिवस तत्कालीन महासचिव यूजीन ब्रोडीको सुझावमा पहिलो पटक थिम “विश्वभर मानसिक स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने” को साथ विश्व मानसिक स्वास्थ्य दिवस मनाइएको थियो। त्यस बेला देखि प्रत्येक वर्ष विश्व मानसिक स्वास्थ्य दिवस हरेक बर्ष फरक नाराको साथ मनाइन्छ। यस दिनलाई डब्ल्यूएचओ द्वारा विश्वव्यापी स्वास्थ्य र नागरिक समाज सङ्गठनहरूसँग यसको बलियो सम्बन्ध प्रयोग गरी मानसिक स्वास्थ्य मुद्दाहरूमा सचेतना जगाउने कार्य गर्दै आएको छ।

Related posts

न्याभको नयाँ कार्यसमितीले पायो पूर्णता

Manoj Poudyal

नेपाल फेस्टिबल मेल्वर्नमा नै मैले मेरो मायालाई भेटेको हुँः कन्दरा गायक विवेक श्रेष्ठ

Manoj Poudyal

एक दिनको अवधिमा सम्रग नेपाललाई प्रतिनिधित्व गराउने महोत्सव हो नेपाल फेस्टिभल: ऋषि कँडेल

Manoj Poudyal

कला भिक्टोरीयाले रक्षा वन्धन एवम् जनै पुर्णिमा मनाउँदै

Manoj Poudyal

नेपाल फेस्टीभल पछिल्लो पुस्तालाई नेपाल चिनाउने एउटा उत्सवको रुपमा मान्छु -समाजसेवी बम योन्जन

Manoj Poudyal

समाज र समूदायको साथमा छौं भन्नका लागि यो निर्णय गरेका हौं-इन्द्र गुरुङ्ग ब्लूबेरी रियलस्टेट

Manoj Poudyal