पछिल्लो समय अस्ट्रेलियाको तास्मानिया राज्यमा नेपाली समुदाएका कार्यक्रमहरु प्रसस्तै हुन थालेका छन्।नेपाली समुदाएको सङ्ख्या बढेसँगै बिभीन्न साँस्कृतिक, सामाजिक, खेलकुद लगाएत अन्य बिभीन्न कार्यक्रमहरुले निरन्तरता पाउँदै गएको छ।
लगभग एक दर्जन तीजका कार्यक्रम सफलतासाथ सम्पन्न भइ सकेको तास्मानिया राज्यमा दशैंको रमझम शुरु भइसकेको छ।
युवाहरुद्वारा संगठित विनर्स सर्कल तास्मानिया साखाले नजिकीदै गरेको हिन्दुहरु महान पर्व वढा दशैंको अवसर पारेर दशैँ विशेष कार्यक्रम ‘दशैँ धमाका म्युजिकल नाईट’ आयोजना गर्ने भएको छ। ग्लोबल मार्क एजुकेशन एण्ड भिजा सर्भिसेजको मूख्य प्रायोजनमा आयोजना गर्न लागिएको कार्यक्रम अक्टोवर ९ तारिखका दिन सु-प्रसिद्ध होटल ग्राण्ड चान्सलरमा हुन गईरहेको छ ।
यतिबेला अष्ट्रेलियाका अन्य राज्यहरु कोभिड महामाहरीका कारण बन्द अवस्था रहिरहँदा होबार्टमा भने धमाकाले दशैंको माहोल चर्काएको छ । होबार्टका हरेक ग्रोसरी स्टोर देखि अन्य नेपाली एवं भारतीयद्वारा संचालित व्यवसायमा धमाका कार्यक्रमका पोस्टर एवम् निमन्त्रणा देख्न पाईन्छ ।
यस कार्यक्रमको मूख्य आकर्षण भनेको लाईभ म्युजिक अनि डि. जे. रहेको छ । नेपालका चर्चित गायक बादल प्रसाई, चर्चित ब्याण्ड ‘अर्थ’ सहित करिब १७ जना स्थानीय कलाकारहरुको भव्य टोलिले यस कार्यक्रममा प्रस्तुति दिनेछन् ।
‘अस्ट्रेलियामा लामो समय पछि यसरी भव्य कन्सर्ट हुदैछ, हामी निकै नै हर्षित छौ । विनर्स सर्कल टिमको साथ र सबैको मायाले काम गर्न उर्जा मिलेको छ । यस कार्यक्रमबाट हामी तास्मनियाबासी नेपालीहरुमा दशैको मेलाको झल्को मेटाउने छौ ।’ विनर्स सर्कल तास्मनियाको एडमिन साजन परियार बताउनुहुन्छ ।
‘युवा, संस्कार र संस्कृतिको प्रबर्द्धनका लागि हामि सदैव तत्पर छौ । युवा साथीहरुको जोशले हामीलाई पनि काम गर्न उर्जा मिलेको छ । सबै मिली यसलाई भव्य र सभ्य रुपमा सफल पार्नेछौ।’ गलोबल मार्क एजुकेशन एण्ड भिषा सर्भिसेजका निर्देशक अरूण चित्रकार बताउनुहुन्छ ।
कार्यक्रमको गोल्ड स्पोन्सरमा माल्दिनी इटालियन क्याफे एण्ड रेस्टुरेण्ट, सिल्भर स्पोन्सरमा डिबि सर्भिसेज ग्रुप र ब्रोन्ज स्पोन्सरमा मूनलाईट सुपरमार्केट होबार्ट र मनीक्वेस्ट रहेका छन् । यस्तै कार्यक्रममा प्रिमो एजुकेसन एण्ड भिजा सर्भिसेज, सर्टिफ़ाई सर्भिज, एसआर स्टुडियो, तास्माण्डु क्रिकेट क्लब, काम कोठा र सोल सिस्टर्सको बिशेष सहयोग रहेको छ ।