भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ८६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ४९ हजार ४ सय ५० जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ९ हजार २ सय ६१ रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड ९ लाख ३१ हजार २ सय ७४ कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म २४ हजार ५ सय ८४ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३५ हजार १ सय ६० जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ३४ लाख ६३ हजार ५ सय ९७ पुगेको छ ।
१६ बर्ष माथी उमेर समुहका व्यक्तिहरुमा कोभीड खोपको पहिलो डोजको लक्ष्यको नजिक पुगेको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ भने आज मध्य रातबाट केहि प्रतिबन्धहरु सहज हुँदैछ।