eNepal

वरिष्ठ गीतकार एवं मुक्तककार सुवासचन्द्र ढुंगेलको ‘मुक्तकको कथा’ कार्यक्रम शुरु

“चोट के हो ब्यथा के हो “, ” जति चोट दिन्छौ देउ मायालु “, “फुल झरे पनि काँडा झर्दैन ” जस्ता दर्जनौ कालजयी गीतका गीतकार एवं मुक्तककार सुवासचन्द्र ढुंगेलले ‘मुक्तकको कथा’ कार्यक्रम लिएर आएका छन् । ‘सुवासचन्द्र ढुंगेल अफिसियल’ युट्युब च्यानलबाट प्रशारण हुने उक्त कार्यक्रम ‘मुक्तकको कथा’ हरेक शुक्रबार प्रसारण हुन् गइरहेको छ।

गीतकार ढुंगेल केही वर्षयतादेखि मुक्तक विधामा सक्रिय छन् । आफ्नो लेखन यात्राको सुरुवात गीतबाट गरेर उनी पछिल्लो समय मुक्तकमा सक्रिय भएका हुन् । उनका अनुसार यस कार्यक्रमलाइ ५२ हप्ता सम्म निरन्तर रुपमा संचालन गर्ने योजना रहेको बताएका छन्। 

भक्तपुर सांगीतिक समाजका सचिव अल्बर्ट बज्राचार्यको परिकल्पना र निर्देशन रहेको ‘मुक्तकको कथा’ को छायाँकन र सम्पादन प्रणय भुजू, व्यवस्थापन समन ढुंगेल र उद्देश्य ढुंगेल तथा सहयोगी भूमिकामा रिचिन दुवाल रहेका छन् ।  भिडियोका लागि पार्श्व आवाज किरण सुवालले दिएका छन् । पिक्सेल प्रोडक्शन नेपालले यसको पोस्ट प्रोडक्शन गरेको छ ।

एक समारोह बीच यस कार्यक्रमको औपचारिक रुपमा सुरुवात गर्दै भक्तपुर सांगीतिक समाजका अध्यक्ष प्रवीण शाही, कार्यक्रम निर्देशक अल्बर्ट बज्राचार्य र सर्जक सुवासचन्द्र ढुंगेलले भक्तपुरमा साहित्य र संगीतको विकास क्रमका बारेमा स्पष्ट पारेका थिए । कार्यक्रमबारे सर्जक ढुंगेलले प्रकास पार्दै ‘मुक्तकको कथा’ सुन्दा अनौठो लागे पनि मुक्तकहरु र तीनको मर्ममा आधारित कथा समेत प्रस्तुत गरिने भएकाले यो नाम राखिएको जानकारी गराएका थिए ।

Related posts

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

अमेजीङ प्यारेन्ट्सले फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावक लक्ष्क्षित गर्दै दशै तथा दिपावली कार्यक्रम गर्दै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349