भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ७०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ५१ हजार २ सय ५२ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ८ हजार ५ सय ३८ रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड ८ लाख ८० हजार २२ कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म २४ हजार ४ सय १८ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २९ हजार ६ सय ५७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ३४ लाख २८ हजार ३ सय ६८ पुगेको छ ।