eNepal

गैर आवासीय नेपाली संघको अध्यक्षमा कुल आचार्यद्वारा औपचारिक रुपमा उम्मेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुल आचार्यले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नु भएको छ । वर्तमान सल्लाहकार तथा पूर्व उपाध्यक्ष समेत रहनु भएको आचार्यले आइतबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै २०२१–२०२३ कार्यकालका लागि अध्यक्षमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।

उम्मेदवारी घोषणा गर्दै आचार्यले आफ्ना विभिन्न प्रतिबद्धताहरु पनि सार्वजनिक गर्नु भएको छ । आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा संसारभर एनआरएनएको पञ्जीकृत सदस्य संख्या पाँच लाख पुर्याउने र राष्ट्रिय समन्वय परिषद्हरुको संख्या कम्तीमा एक सय पुर्याउने घोषणा गर्नु भएको छ ।

एनआरएनएलाई सही अर्थमा आम प्रवासी नेपालीहरुको साझा संस्था बनाउने मेरो अभियान हो, संस्थामा सबैको सहभागिता र अपनत्व सिर्जना गरेर यो अभियानलाई पूर्णता दिने छु’, उहाँले भन्नु भयो, ‘पैत्रिक सम्पतिको अधिकार, राहदानी सहित तेश्रो पुस्ता पछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न सर्वोच्च प्राथमिकता दिने छु।’

गैर आवासीय नेपालीहरुलाई मात्रै नभई संसारका विभिन्न देशमा रहेका नेपाली मूलका मानिसहरुलाई पनि जोड्ने योजना सुनाउनु भयो ।  थाइल्याण्ड, म्यानमार लगायतका मुलुकमा बसोबास गर्ने नेपालीलाई ‘पिपुल अफ नेपाली ओरिजिन (पिएनओ) को मान्यता दिलाउन पहल गर्ने घोषण पनि गर्नु भयो ।  आचार्यले आफ्ना कार्ययोजना सार्वजनिक गर्दै संगठनको सुदृढीकरण र संस्थागत पारदर्शिताको मुद्दालाई प्राथमिकतामा राखेको बताउनु भयो।

अध्यक्षका प्रत्यासी आचार्यले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने भन्दै मध्यपूर्व, मलेसिया लगायतका मुलुकमा काम गर्ने नेपालीहरुको सुरक्षामा पनि विशेष ध्यान दिने घोषणा गर्नु भयो । उहाँले वैदेशिक रोजगारीमा रहेका र थपिने नेपाली महिला कामदारको सुरक्षा र सीपको विकासमा संघले संस्थागत रुपमा ध्यान दिने पनि बताउनु भयो ।

विदेशमा नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्दै संसारभरि नेपालको पर्यटन प्रवर्द्धनका लागि अभियान चलाउने उहाँको योजना छ । प्रवासी नेपालीहरुको खेलकुदप्रतिको चाहना र आकर्षणलाई सम्बोधन गर्न एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गर्ने घोषणा पनि गर्नु भयो ।

नेपालमा गैर आवासीय नेपालीहरुको लगानी मात्रै नभई प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन पनि आफूले पहल गर्ने बताउँदै आचार्यले भन्नु भयो, ‘विदेशी लगानी भित्र्याउन केही कानुनी जटिलता छन्, त्यसलाई सुल्झाउनुपर्छ, मेरो ध्यान यसमा केन्द्रित हुने छ।’  ‘नेपालबाट अवैधरुपमा विदेश गइरहेको सम्पत्तिलाई रोकी नेपालमै लगानीको वातावरण बनाउनु पनि मेरो अर्को प्राथमिकता हो’, उहाँले थप्दै भन्नु भयो ।

संघका अग्रज अभियन्ताहरुलाई सम्मान गर्दै संघको अभियानमा नयाँ पुस्तालाई सक्रिय बनाउने आफ्नो उद्देश्य रहेको बताउँदै भन्नु भयो, ‘युवा र महिलाहरुलाई पहिलो प्राथमिकतामा राखेर सांगठनिक कामलाई अगाडि बढाउने छु ।’ साथै संघलाई राजनीतिक रुपमा नभई सेवा भावका आधारमा सञ्चालन गर्ने पनि उल्लेख गर्नु भयो ।

गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फिजीकल रुपमा एनआरएनएका संस्थापक महासचिव भीम उदास, आइसिसी सल्लाहकार हरिबोल भण्डारी, सोम सापकोटा, महिला उपाध्यक्ष उम्मेदवार जानकी गुरुङ, सचिव पदको उम्मेदवार खगेन्द्र न्यौपाने, आइसिसी युवा संयोजका उम्मेदवार मनोज गोर्खाली, आइसिसी महिला संयोजक पदको उम्मेदवार जुनु गुरुङ, एनआरएनए अमेरिकाका सल्लाहकार बेद खरेल, सन्नी ओली र एनआरएनए स्पोर्ट एकेडेमीका सदस्य सचिव धर्मराज गिरीलगायतले शुभकामना दिनु भएको थियो ।

त्यस्तै, जुममार्फत आइसिसी उपाध्यक्ष मन केसी, सल्लाहकार विश्व आदर्श पण्डित, उपाध्यक्ष उम्मेदवार एसी शेर्पा र राजेन्द्र कुमार शर्मा, युवा उपाध्यक्ष उम्मेदवार हिमाल गुरुङ, एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष तथा महासचिव पदको उम्मेदवार डा. केशव पौडेल, महिला सचिव पदको उम्मेदवार भोमा लिम्बू, सचिव पदको उम्मेदवार नारायण आचार्य र प्रवीण गुरुङ, युवा संयोजक तथा युवा उपाध्यक्षको उम्मेदवार राज रेग्मी, यूरोप क्षेत्रका क्षेत्रीय संयोजक पदका उम्मेदवार चिन्तामणी सापकोटा, यूरोप क्षेत्रीय सहसयोजक पदको उम्मेदवार दयानिधी सापकोटा एनसिसी अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदी, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर, पूर्व कोषाध्यक्ष हिक्मत थापालगायतले पनि शुभकामना ब्यक्त गर्नु भएको थियो भने विभिन्न एनसिसीका अध्यक्षहरुले पठाएको शुभकामना सन्देश पनि वाचन गरिएको थियो ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349