अस्ट्रेलियाली अधिकारीहरूद्वारा मान्यता प्रदान गरिएको खोपको दुवै मात्रा लगाएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई न्यु साउथ वेल्सले ल्याउने योजना रहेको न्यु साउथ वेल्स राज्य सरकारले जनाएको छ।
न्यु साउथ वेल्स राज्यले अष्ट्रेलियामा मान्यता प्राप्त खोपहरु फाइजर, जोनसन एण्ड जोनसन, मोडेना र एष्ट्राजेनेकाको दुबै डोज लगाएका विद्यार्थीलाई मात्रै भित्राउने नीति लिएको छ ।
नेपाल र चीनबाट भने हाललाई विद्यार्थी नभित्र्याउने न्यु साउथ वेल्स सरकारको योजना रहेको छ। यी खोप लगाएका देशहरु सिंगापुर, थाइल्याण्ड, अमेरिका, मलेसिया, हङकङ र जापान जस्ता देशका विद्यार्थीहरु पहिलो प्राथमिकतामा पर्ने छन्। यसो भएमा सिनोभ्याक र सिनोफार्म जस्ता खोप लगाएका नेपाल र चीनका विद्यार्थी तत्कालका लागि आउन पाउने छैनन्।
न्यु साउथ राज्यका डेप्युटी प्रिमियर जोन बारालारोले शुक्रबार २४ सेप्टेम्बरमा जारी गरेको प्रेस बिज्ञप्तीका अनुसार पाइलट कार्यक्रमको पहिलो चरणमा सिड्नीको रेडफर्नमा रहेको ६५० जनाको क्षमता भएको एनएसडब्ल्यू स्वास्थ्य र एनएसडब्ल्यू पुलिस द्वारा अनुमोदित कोभीडसेफ मापदण्ड पुरा भएको पुनर्स्थापित भवनमा १४ दिन क्वारेन्टिनमा राखिने छ ।
न्यु साउथ वेल्सका डेपुटी प्रिमीयर एवम् उद्योग र व्यापार मन्त्री जोन बरिलारोले भनेका छन् यो पहिलो चरणको कार्यक्रम हुनेछ र यसलाई विस्तार र विकसित गर्दै लैजाइने छ।
उनले भनेका छन् – जनताको सुरक्षा सर्वोपरि छ र हामी कुनै जोखिम लिने पक्षमा छैनौं।सबै सहभागी बिद्यार्थीहरुलाई Therapeutic Goods Administration (TGA) मान्यता प्राप्त कोभिड -१९ को भ्याक्सिनको दुवै खोप लगाउन आवश्यक रहेको र क्वारेन्टाइन प्रोटोकलको पालना गर्नु पर्ने छ।
त्यस्तै कोषाध्यक्ष डोमिनिक पेरोटेटले यो कार्यक्रम राज्यको आर्थिक सुधार, रोजगारी सृजना र बृद्धि बहाल गर्नको लागी महत्वपूर्ण रहेको बताए। सन् २०१९ मा राज्यको अर्थतन्त्रमा १४.६ बिलियन डलरको योगदान रहेको अन्तराष्ट्रिय शिक्षाले न्यु साउथ वेल्सलाई विश्वसँग जोड्न पाइलट कार्यक्रमले मुख्य भुमीका खेल्ने बताएका छन्।
पायलट योजनाको पहिलो चरणमा चार्टर्ड उडानहरु मार्फत ५०० अन्तर्राष्ट्रिय बिद्यार्थीहरु ल्याउने अनुमान गरिएको छ।
हाल ५७ हजार भन्दा धेरै विद्यार्थीहरु अस्ट्रेलीया आएर आफ्नो पढाई पुनः सुरु गर्न पर्खाइमा रहेका छन्।