भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ७३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ५६ हजार ५ सय २० जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ७ हजार १ सय ६० रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड ७ लाख १७ हजार ८ सय ३८ कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म २३ हजार ४ सय ५५ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४१ हजार २९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ३३ लाख २६ हजार ६ सय ११ पुगेको छ ।