भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने एकजनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ४८ हजार ८ सय २९ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ६००० रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड ५ लाख ४५ हजार ७ सय ७२ कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म २२ हजार ५ सय १ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४० हजार ८ सय ११ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ३२ लाख ७ सय २० पुगेको छ ।