भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ५६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भन् एकजनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ५० हजार ९ सय १५ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ५६७५ रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड ४ लाख ९४ हजार ८ सय ५७ कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म २२ हजार ३ सय ६३ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३९ हजार ९ सय ३९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ३१ लाख ५९ हजार ७ सय २९ पुगेको छ ।