भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।ती मध्य ६२ लिङ्क केसहरु रहेको र एकजनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ६१ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ४९७४ रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड ३ लाख ७४ हजार ६ सय १६ कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म २१ हजार ९ सय १३ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४५ हजार ५ सय ३७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ३० लाख ७५ हजार ८ सय ४३ पुगेको छ ।