eNepal

तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन शुरु

गैर आवासीय नेपाली संघ अन्तर्गत स्वास्थ्य समितिको आयोजनामा तीन दिने तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन शुक्रबारदेखि शुरु हुँदैछ । सम्मेलन भर्चुअल तथा प्रत्यक्ष दुवै माध्यमबाट हुनेछ ।

गैर आवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार सम्मेलनमा नेपाल, बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानेडा, जापान, बंगलादेशसहित कयौं देशका स्वास्थ्यकर्मी, अनुसन्धाता, वैज्ञानिक लगायत सहभागी हुनेछन ।

सम्मेलनमा नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल काउन्सिल अष्ट्रेलिया, नेपलिज डक्टर्स एसोसिएसन यूके, नेपलिज नर्सिङ एसोसिएसन यूके, रोयल कलेज अफ एडिनबरा, यूके नर्सिङ सोसाइटी जस्ता स्वास्थ्य संस्थाहरुको पनि सहभागिता रहने छ । सम्मेलनमा ५० भन्दा बढी नेपाली चिकित्सकले आ-आफ्नो कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।

तीन दिने सम्मेलनको पहिलो दिन चिकित्सकहरुले भर्चुअल माध्यमबाट आ-आफ्ना अनुसन्धान पत्र प्रस्तुत गर्ने, दोस्रो दिन लण्डनस्थित नेपाली दूतावास भवनबाट सम्मेलन उद्घाटन र समापन अल्डरसटमा गर्ने तयारी छ ।

त्यस्तै, सेप्टेम्बर १९ मा लन्डन घोषणापत्र जारी गर्दै सम्मेलन समापन गरिने भएको छ । 

 सम्मेलनमा विदेशमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्था, कोभिड- १९ महामारीको प्रभाव र चुनौती, नेपालमा खोपको सम्भावना, मुटुरोग, बालबालिका तथा महिलाहरुको स्वास्थ्य अवस्थालगायत विषयमा विज्ञ चिकित्सकहरुले कार्यपत्र पेश गर्ने छन् ।

कोभिड १९ महामारीको प्रभाव र चुनौती, विदेशमा नेपालीको स्वास्थ्य अवस्था, नेपालमा कोभिड खोप, मुटुरोग, बालबालिका तथा महिलाहरुको स्वास्थ्य अवस्थालगायत विषयमा विज्ञ चिकित्सकहरुले कार्यपत्र पेश गर्ने छन्।

उक्त सम्मेलन स्वास्थ्य क्षेत्रमा अनुसन्धान, स्वास्थ्य प्रवर्धन, प्रयोगशाला, नेपालमा रोग नियन्त्रण केन्द्र, नेटवर्किङलगायत स्वास्थ्यसम्बन्धी उपचार रोकथाम र व्यवस्थापनका विषयमा केन्द्रित रहनेछ ।

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको आतिथ्यमा हुने सम्मेलनलाई एनआरएनए अध्यक्ष कुमार पन्त, लन्डनस्थित नेपाली राजदूत लोकदर्शन रेग्मी, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा.भगवान कोइराला, बेलायती उपल्लो सदनकी सदस्य लर्डस् ब्यारोनेस क्यानेडी, यूके नर्सिङ सोसाइटीकी ट्रेसी बडिङ, नेपाल सरकार स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेल, डा.सुनिल शाह, गैर आवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्मा, एनआरएनए स्वास्थ्य अनुसन्धान समितिका संयोजक डा बोधराज सुवेदी लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।यसअघि अमेरिकामा पहिलो र दोस्रो स्वास्थ्य सम्मेलन भएको थियो ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349