eNepal

७० प्रतिशत भिक्टोरीयनले कोरोना बिरुद्धको खोपको पहिलो मात्रा लगाए

भिक्टोरियामा कोरोनाभाइरस विरुद्धको खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या ७० प्रतिशत नाघेको छ। योसँगै, आज मध्यरात पछि भिक्टोरियालीवासीले कोरोनाभाइरस प्रतिबन्धहरूमा केही छुट पाउने भएका छन्।

खोपको दुवै मात्रा लगाउने भिक्टोरियालीहरूको सङ्ख्या भने ४९.९४ प्रतिशत रहेको छ भने ७०.५ प्रतिशतले कोरोना भाइरसको पहिलो खोप लगाएका छन्।गएको चौबीस घण्टामा ८७००३ खोप लगाइएको छ।

खोपको पुरा मात्रा लगाएका बासिन्दाहरूले आज रातीबाट पाँच-पाँच जनाको समूहमा बाहिर खुल्लामा भेला हुन पाउनेछन् भने खोपै नलगाएका वा केवल पहिलो मात्रा लगाएका मानिसहरूको हकमा भने बढीमा दुई-दुई जनाको समूह जम्मा हुन पाउने गरी प्रतिबन्धहरूमा परिमार्जन गरिएको छ।

किनमेल र व्यायामका लागि हाल तोकिएको घरबाट पाँच किलोमिटरको परिधिलाई पनि बढाएर १० किलोमिटर बनाइएको छ।

यदि तपाइँ कोभीड १९ खोप को लागी योग्य हुनुहुन्छ भने यो लिङ्कमा गएर बुक गर्न सक्नु हुनेछ।

To book a vaccine appointment at a state-run vaccination centre, visit https://www.coronavirus.vic.gov.au/book-your-vaccine-appointment?fbclid=IwAR0JVLMil-trBuRnXRYBEryM4Ql5_0DAtZgCjm9XftwzzuxeDeSdITM01C4or calling 1800 675 398.

To book a vaccine appointment at a participating doctor, community health service or pharmacist, visit:https://covid-vaccine.healthdirect.gov.au/eligibility?lang=en

ℹ️ For more info on COVID-19 vaccines, speak to your doctor or visit https://www.coronavirus.vic.gov.au/about-covid-19-vaccines?fbclid=IwAR2tNbZOkn1AAJ0Lh83Aa1qM4c4A3DF2EYbM7bNCZk_kwAJJ2LUnejS6VIc

Source: Victorian Department of health.  

 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

Manoj Poudyal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

Manoj Poudyal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

Manoj Poudyal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

Manoj Poudyal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349