भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ५१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।ती मध्य १२४ लिङ्क केसहरु रहेको र एकजनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ५५ हजार ४ सय ७६ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ४६९७ रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड ३ लाख १९ हजार १ सय ४० कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म २१ हजार ७ सय ४४ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४३ हजार ९ सय ९३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ३० लाख २९ हजार ७ सय ६२ पुगेको छ ।