eNepal

मेल्बर्नबाट दिव्या भट्टराई र नेपालबाट रेजिना टन्डनले जिते अनलाइन तीज नृत्य प्रतियोगिता

गुल्मी समाज भिक्टोरियाले दिदी बहिनी समाज भिक्टोरियासंगको सहकार्यमा हरितालिका तीजको अवसर पारेर गरिएको अनलाइन तीजगीत एकल नृत्य प्रतियोगितामा अष्ट्रेलियाबाट दिव्या भट्टराई र नेपालबाट रेजिना टण्डन प्रथम भएका छन्। अष्ट्रेलिया र नेपालबाट गरी ४६ प्रतियोगीले  सहभागीता जनाएको यस प्रतियोगीताको नतिजा गएको गएको आइतबार एक बिशेष अनलाईन कार्यक्रमको आयोजना गरेर गरिएको थियो।

 सामाजिक संजालमा आएका प्रतिक्रियाको आधारमा निर्णय गरिएको उक्त प्रतियोगितामा अष्ट्रेलिया र नेपालका प्रतियोगीबीच छुट्टाछुट्टै प्रतिष्पर्धा गराइएको हो।

प्रतियोगितामा अष्ट्रेलियाबाट सहभागी हुनेहरुका लागि प्रथम पुरस्कार ७५० डलर, द्वितीय पुरस्कार ५०० डलर र तृतीय पुरस्कार २५० डलर रहेको थियो भने नेपालबाट सहभागी हुनेहरुका लागि प्रथम पुरस्कार नगद रु २१ हजार, द्वितीय पुरस्कार रु १५ हजार र तृतीय पुरस्कार रु १० हजार रहेको थियो। त्यस्तै संस्थाले सम्पूर्ण सहभागीहरुलाई सान्त्वना पुरस्कारको समेत ब्यवस्था गरेको थियो।

ओल्ड दरबार रेष्टुरेन्टको मूख्य प्रायोजन रहेको प्रतियोगितामा प्रिति सापकोटा द्वितीय तथा प्रिया गौतम तृतीय हुन सफल भएका छन् । त्यसैगरी नेपालबाट सहभागी प्रतिष्पर्धी मध्येबाट सोनी गुरुङले द्वितीय स्थान र सृष्टि सापकोटाले तृतीय स्थान हासिल गर्न सफल भएका छन्।

कार्यक्रममा बोल्दै आयोजक संस्था गुल्मी समाज भिक्टोरियाका अध्यक्ष गान्धी भट्टराईले प्रतियोगिताको नतिजा निष्पक्ष रहेको जानकारी गराउनु भयो।साथै सम्पूर्ण प्रायोजक संस्थाहरु लगायत  सहयोगीहरुप्रति आभार व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा दिदी बहिनी समाज भिक्टोरिया अष्ट्रेलियाकी अध्यक्ष जमुना पराजुली, सचिव प्रकाश अर्याल लगायतले बोल्दै विजयी तथा सहभागी सबैलाई बधाई तथा धन्यवाद दिँदै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम गुल्मी समाज भिक्टोरियाका सदस्य माधव खरेलको सहजीकरण र सहसचिव वर्षा भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

Manoj Poudyal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

Manoj Poudyal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

Manoj Poudyal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

Manoj Poudyal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349