भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ५१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।ती मध्य १४८ लिङ्क केसहरु रहेको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ६१ हजार ९ सय ६१ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ४३७० रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड २ लाख ५७ हजार १ सय ७९ कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म २१ हजार ५ सय ७३ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४१ हजार ७ सय ५८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या २९ लाख ८५ हजार ४ सय ४८ पुगेको छ ।