eNepal

रोयल वेस्टर्न क्लबको छैठौ वार्षिकोत्सव समारोह सम्पन्न

अस्ट्रेलियाको मेलबर्नमा अबस्थित रोयल वेस्टर्न क्लबले आफ्नो छैठौ वार्षिकोत्सव समारोह जुम लिंक मार्फत भर्च्युअल रुपमा मनाएको छ। उक्त समारोहमा क्लबले आफ्नो आधिकारिक वेबसाइटको औपचारिक रुपमा सार्बजनिक गरेको थियो।  कार्यक्रममा प्रमुख अतिथि भिक्टोरियन मल्टीकल्चरल कमिसनका डेप्युटि चेयरपर्सन बो थे, क्लबका अध्यक्ष बम योञ्जन लगायत क्लबका मुख्य स्पन्सर एक्स्पर्ट एजुकेसन यन्ड भिसा सर्भिसेसका संचालक सरोज शर्माले भर्च्युअल माध्यमबाट संयुक्त रुपमा केक काटेर क्लबको छैठौ वार्षिकोत्सव समारोह औपचारिक रुपमा मनाएका थिए।  

क्लबको आधिकारिक वेबसाइट सार्बजनिक गर्दै रोयल वेस्टर्न क्लबका टेक्निकल टिम मेम्बर कौशिक बस्नेतले वेबसाइटका बारेमा ब्रिस्तित रुपमा जानकारी गराएका थिए भने कोशाध्यक्ष शसेंद्र गौतमले क्लबको नियमित गतिबिधिका बारेमा प्रकासित परेका थिए।  त्यसै गरी क्लबका सस्थापक सदस्य तथा म्यानेजर दिपेन्द्र खड्काले क्लबको स्थापनाकाल देखि हालसम्मको उपलब्धिका बारेमा जानकारी गराएका थिए।

 

कार्यक्रममा अथितिहरु फेडेरेसन अफ नेपलिज कम्युनिटी एसोसिएसन अफ अस्ट्रेलियाका अध्यक्ष कृष्ण हमाल, फेडेरेसन अफ नेपलिज कम्युनिटी एसोसिएसन अफ अस्ट्रेलियाका भिक्टोरिया कोअर्डिनेटर भोला गिरी, एनआरएनए भिक्टोरिया भाइस कोअर्डिनेटर नारायण कटुवाल, मेलबर्न नेपलिज कम्युनिटी वेस्टका अध्यक्ष शंकर थापा, गुल्मी समाज भिक्टोरियाका अध्यक्ष गान्धी भट्टराई, क्लबका मुख्य स्पन्सर एक्स्पर्ट एजुकेसन यन्ड भिसा सर्भिसेसका संचालक द्वय सरोज शर्मा र बसन्त पोख्रेल, बाल चौतारी वेस्टका कोअर्डिनेटर राजु श्रेष्ठ, क्लबका संचालक समितिका सदस्य, खेलाडी, क्लबका सदस्य लगायत मेलबोर्नमा अबस्थित बिभिन्न नेपाली सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। 

कार्यक्रममा आमन्त्रित प्रमुख अतिथि भिक्टोरियन मल्टीकल्चरल कमिसनका डेप्युटि चेयरपर्सन बो थे लगायत अथितिहरु फेडेरेसन अफ नेपलिज कम्युनिटी एसोसिएसन अफ अस्ट्रेलियाका अध्यक्ष कृष्ण हमाल, फेडेरेसन अफ नेपलिज कम्युनिटी एसोसिएसन अफ अस्ट्रेलियाका भिक्टोरिया कोअर्डिनेटर भोला गिरी, एनआरएनए भिक्टोरिया भाइस कोअर्डिनेटर नारायण कटुवाल, क्लबका मुख्य स्पन्सर एक्स्पर्ट एजुकेसन यन्ड भिसा सर्भिसेसका संचालक द्वय सरोज शर्मा र बसन्त पोख्रेलले आ-आफ्नो तर्फबाट शुभकामना तथा बधाई ज्ञापन गर्दै क्लबले प्राप्त गरेको सफलता र प्रगतिको खुलेर प्रशंसा गरेका थिए र क्लबले आगामी दिनहरुमा संचालन गर्ने सामाजिक तथा खेलकुदका गतिबिधिहरुमा आफ्नो साथ् रहने पनि बताएका थिए।  

क्लबको छैठौ वार्षिकोत्सव समारोह कार्यक्रम क्लबका अध्यक्ष बम योञ्जनले संचालन गरेका थिए भने कार्यक्रममा उपस्थित सम्पूर्ण अथिति महानुभाबहरुलाई धन्यबाद ज्ञापन उपाध्यक्ष रोशन दाहालले गरेका थिए।

Related posts

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

अमेजीङ प्यारेन्ट्सले फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावक लक्ष्क्षित गर्दै दशै तथा दिपावली कार्यक्रम गर्दै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349