दिदीबहिनी समाज भिक्टोरीयाले हरेक बर्ष मनाउँदै आएको तीज कार्यक्रम यो बर्ष पनि मेल्वर्नमा जारी लकडाउनले प्रभावित भयो।२९ अगस्टमा मेल्टोन सामुदायीक भवनमा आयोजना गर्ने भनिएको तिज कार्यक्रमलाई कोभीड १९ को लहर र त्यस पछिको लकडाउनले सामुहिक रुपमा मनाउन लागिएको कार्यक्रम रद्द भयो। प्रत्यक्ष जमघट गरेर रमाउन नपाए पनि दिदीबहनी समाजको एक मुख्य कार्यक्रमका रुपमा मनाइदै आएको तीज बिशेष कार्यक्रमलाई भर्चुअल तीज कार्यक्रमका रुपमा परिणत गरियो।
गएको ९ सेप्टेबर बिहीबारका दिन अपरान्ह तीन बजेबाट ६ बजे सम्म आयोजना गरिएको भर्चुअल तीज कार्यक्रमको स्लोगन “Preserving Culture-Raising Hope” रहेको थियो।
लगभग २०० भन्दा बढि दिदीबहिनीहरुको सहभागीता रहेको तिज कार्यक्रममा भ्याक्सिनेसन सम्बन्धित जानकारी, कोरोना गीत लगाएतका अन्य जानकारी मुलक श्रब्यदृश्य प्रस्तुत गरिएको थियो।
नेपाल र अस्ट्रेलीयाको रास्ट्रिय गानबाट शुरु अगाडी बढेको कार्यक्रममा मेल्टोन सिटी काउन्सीलका ग्रान्ट अफिसर Claire Duffy र Recklink बाट Brendan Murphy को उपस्थिती थियो भने भिक्टोरीयन मल्टीकल्चरल कमीसनकी अध्यक्ष (Victorian Multicultural Commision, Chairperson) Vivienne Nguyen र मेल्टोन सिटी काउन्सीलका मेयर Cr. Kathy Majdlik को तीज बिशेष शुभकामना भिडीयो देखाइएको थियो।
कार्यक्रमलाई स्वागत गर्दै दिदीबहिनी समाजकी अध्यक्ष डा. जमुना पराजुलीले तीज पर्वको महत्व, यस चाडको मुल्य र मान्यताको बारे जानकारी गराउँदै यस पर्वको नारी सशक्तिकरणसँगको अन्तरसम्बन्धबारे आफ्नो धारणा राख्नु भयो।
सोहि अबसरमा State labor member Pascoe vale MP Lizzie Blandthorn को तीज शुभकामनाको सन्देश पढेर सुनाइएको थियो।
कार्यक्रममा दिदीबहिनी समाजका बिभीन्न १० सव कमिटीबाट भर्चुअल नृत्य प्रस्तुत गरिएको थियो। सो अवसरमा डेन्डेनोङ उप समिती, ग्लेनरोय उप समिती, आन्ट्रे उप समिती, वेस्ट उप समिती , जिलोङ उप समिती, क्रेगीवन उप समिती, मेल्टोन उप समिती, मरण्डा उप समिती, इस्ट उप समितीले तिज बिशेष प्रस्तुती देखाएको थियो। समाजले तीजको कोसेली स्वरुप दिदीबहिनीहरुको घरघरमा तिजको शुभकामना कार्ड सहित पाँच सय बक्स दर पठाएको छ।दरको ब्यबस्थापन भने रोशनी श्रेष्ठ र अन्जनाले गरेका थिए।
आन्ट्रे सव कमीटीको नेतृत्वमा बेन्जु, रोशनी, शोभा र राजको सल्लाहा र सुझावमा भएको बिशेष कार्यक्रमलाई मेल्टोन सिटी काउन्सिलको आर्थिक सहयोग रहेको थियो भने Reclink (brendan) ले आन्ट्रे उप समितीको नृत्य सहजीकरणको भुमीका खेलेको थियो।
करिव तिन घण्टा चलेको कार्यक्रमलाई अन्जु अधिकारी, जुली र कमला चालिसेले सन्चालन गरेका थिए भने अम्रीता गुरुङले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद दिएकी थिइन्।
दिदीबहिनी समाजले विभिन्न चाडपर्व लगाएत अन्य धेरै कार्यक्रमहरु गरेर मौलिक संस्कार, संस्कृति, अनि परम्परा झल्काउने रमाइला अनुभव दिलाउन सफल भैरहेको छ।
यसबाहेक भिक्टोरीयाका बिभीन्न क्षेत्रहरुमा उप समितीहरु बनाएर आफ्ना कार्यक्रम विस्तार गरि महिला, बालबच्चा अनि परिवारको शारिरीक, भावनात्मक ,सामाजिक भलाईका कार्यक्रम, मेकअप सेसन, जुम्बा अनि योग सत्र लगाएत महिला सशक्तिकरणका सम्बन्धित बिभीन्न सत्र, कोभीड चेतना, बिध्यार्थी भाइबहिनीहरुको लागि कोभीड राहत उपलब्ध, कोभीड भ्याक्सिन लगाउन अभिप्रेरीत, अन्तर्राष्ट्रिय महिला दिवस समारोह लगाएत अरु पनि धेरै सहयोगी कार्यक्रम गर्दै अधि बढिरहेको छ।
त्यस्तै समाजले हरेक बर्ष नेपालमा आवाज नामक सँस्थासँगको सहकार्यमा यौन तथा घरेलु हिंसामा परेका महिलाहरुले भोग्न परेको जटिल र पीडादायी जीवनलाई सामान्यिकरण गर्ने लक्ष्य राखी रकम संकलन गर्दै आएको र यस बर्ष पनि यो कार्यलाई निरन्तरता दिदैछ।।यदी तपाईहरु पनि महानकार्यलाई सहयोग गर्न चाहानु हुन्छ भने यो लिङ्मा गएर आफुले सकेको सहयोग गर्न सक्नु हुनेछ।
https://dbsv.org.au/donate-us/?fbclid=IwAR0mrn8cObcIZEk7pz-1iDKwSW8CXPboqNh9TxbUYN_3nGfqkjWB67Z7aTQ