भिक्टोरिया सरकारको Priority Response to Multicultural Community (PRMC ) अन्तर्गत प्राप्त सहयोगमार्फत Nepalese Association of Victoria (न्याभ) ले कोभिड-१९ को असरबाट बहुसांस्कृतिक समुदायमा परेको असर न्यूनीकरण गर्नका लागि कोरोना भाइरस तथा कोभिड रोकथाम, यसको भ्याक्सिनबारे सचेतना र कोभिडको नियन्त्रणका लागि राज्यद्वारा पटकपटक गरिएका लक्डाउनबाट व्यक्ति, परिवार र समुदायको मानसिक स्वास्थ्यको अवस्था र सोको न्यूनीकरणको लागि अपनाउनु पर्ने साबधानी र समुदायले गर्न सक्ने कार्यहरुको बारेमा जनचेतना जगाउने उद्देश्यले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ।
पहिलो चरणको राहत बितरणको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएसँगै न्याभले दोश्रो चरणको राहत सामाग्री बितरणको कार्यक्रम शुरु गरिसकेको छ। दोश्रो चरणमा ९३ प्याकेजहरु वितरण गरिएको छ।यो पटक भने भिक्टोरीयाका रिजनल क्षेत्र सेफाटन, बालाराटका बिभीन्न काउन्सिलसँगको सहयोगमा बिविध समुदाए र आदिवासीहरुलाई राहत सहयोग गरेको न्याभका बर्तमान उपाध्यक्ष प्रेमराज उप्रेतीले बताउनु भयो।यस अघि मिल्दुरा र फिलीप आइलेण्ड क्षेत्रमा ८० प्याकेज राहत बितरण गरिसकेको छ।
यस अघि मिल्दुरा र फिलीप आइलेण्ड क्षेत्रमा ८० प्याकेज राहत सहित कोभिडको कारणले अल्पकालीनरुपका आर्थिक अभाव भएका १८६ व्यक्ति र परिवारहरुलाई दैनिक उपभोग्य सामग्री (चामल, दाल, तेल, चाउचाउ, चिउरा आदि) तथा स्यानीटाईजर, मास्क लगायतका सामग्रीहरु वितरण गरेको छ।सो राहत वितरण कार्यक्रम संयोजन समेत न्याभका उपाध्यक्ष प्रेम राज उप्रेतीले गर्नु भएको थियो। उहाँलाई कृष्ण चालिसे र ललीसा थापाले साथ दिनु भएको छ।
राहत सामाग्री प्याकेजिङ लगाएत अर्थ व्यबस्थापन भने समाजका कोषाध्यक्ष यकिन्द्र तिमील्सिनाले गर्नु भएको छ।