eNepal

वहा!! कस्तो मज्जाको अस्ट्रेलीयन जिन्दगी

एउटी दिदी हस्याङ फस्याङ गर्दै ट्रेन स्टेसन दौडदै थिईन्। करिब साँझको पाँच बजेको हुनु पर्छ। शायद अफिसबाट काम सकेर दौडदै थिईन्। हेर्दा नेपाली जस्तै लाग्यो। किन कि नेपालीहरुको हाउभाउबाटनै थाहा हुन्छकि उ नेपाली हो। जतिनै बिदेशी ढाँचामा आफुलाई ढाल्न खोजेनि उ नेपाली हो भनेर प्रस्ट हुन्छ। बाटो क्रस गर्न पर्ने भयो।एता नेपालको जस्तो गाडी रोक्दै बाटो क्रस गर्न नमिल्ने। ट्राफिक लाईट्सको ईसारामा बाटो क्रस गर्न पर्ने अन्यथा प्रहरीले देखि हाले भने फाईन तिराउँछन्। सबैले नियमको पालन गर्छन। नियम मिच्न त के छल्न नि पाईन्न। जे होस् दिदीसँग त्यहि लाईटको प्रतिक्षामा जम्काभेट भयो। बडो हतारोमा हुनु हुन्थ्यो।मैले प्वाक्क सोधे दिदी किन यति हतारमा हुनु हुन्छ नि। सबै कुरा ठिकनै त छ नि।

दिदीले हाँस्दै जवाफ दिनु भयो ए भाई पनि नेपालीनै रहेछौ। सबै ठिक छ। बाबुहरु लिनलाई हतार गरेको नि। एकजनालाई चाईल्ड क्येरमा राखेको छु अर्को स्कुलमा छ। सानो बाबुलाई साथी र म पालै पालो घर ल्याउँछौ तर ठुलोलाई स्कुलबाट ल्याउन पर्छ। त्यहि भएर लिन जानलाई हतार गरेको। फेरी एउटा ट्रेन छुट्यो भने अर्को ट्रेनमा पुग्दा ढिला हुन्छ।कति गार्हौ छ के भाई। काम पनि नगरि नहुने। उहाँ (श्रीमान)पनि काममा हुनुहुन्छ।

त्यतिकैमा लाईटले हरियो बत्ती बाल्यो।सबै घुर्र स्टेसन तिर दौडीए। हामी पनिसँगै लाग्यौ।मनमनै सोचे कति गार्हो छ है यो परदेशको जिन्दगी। देख्दा भव्य सोच्दा स्वर्ग तुल्य तर बास्तबिकतामा अतिनै कठिनाई । दिदी झर्किदै फेरी भन्छिन् कस्तो मोज छ है तेरो जिन्दगी। डलर खेलाउन पाएको छस्।गाडीमा सरर हिड्न पाएको छस्। तर यो पिडा के थाहा उता बसेर हामीले फेकबुकमा फोटो हालेको भरमा सुन्दर र मिठो कल्पना गर्नेहरुलाई जब सम्म स्वयम् आफुले भोगीदैन।
बिचरा दिदी र म हतार हतार आफ्नो प्लेटफर्म तिर दौडियौं। सायद दिदीको र मेरो गन्तब्य एउटै हुन पर्छ। व्यस्तताको कारणले मैले पनि दिदीको गन्तब्य सोधिन। तर दुर्भाग्य भन्नु पर्छ पाँच सेकेन्डले ट्रेन छुट्यो। ढोकै नजिक पुग्दा ट्रेनको ढोका लाग्यो। अनि फेरी बिस मिनेट कुर्न पर्ने भयो। फेरी फोन लगाउन थाल्नु भयो र केही क्षण ढिला हुने सङ्केत दिनु भयो सायद कोही आफन्तलाई।

के गर्ने भाई छोरा छोरीलाई नेपाल लगेर नि छोड्न सकिन्न दिन प्रतिदीन हुर्किदै गएका छोरा छोरीलाई अनि सधै भरि बा आमा पनि बस्न नसक्ने।मैले त आउनु यतै भन्छु तर आएर के गर्नु कुवाको भ्यागुता बन्नलाई। सधै घरका भित्ता र टिभी कति हेर्नु। फेरी बोली राख्न पर्ने, गाउँका जल्दा बल्दा बा यता आएर घर रुगुवा भएर कति दिन बस्नु हुन्थ्यो र।परार आउँदानै काबु भएर जानु भयो। जसो तसो समय मिलाएर हेरिएको छ। पालै पालो मिलाएर हेरेका छौं।

त्यतिकैमा ट्रेन आयो।सबै घुर्र चडे। हामीपनि चड्यौ।दिदी बोल्दै गईन् साँच्चै भन्दा त नेपालकै दिदीहरुलाई आनन्द छ। कमसेकम यहाँको जस्तो चटारो त हुन्न।कोही न कोही हरबखत हुन्छन्। बा, आमा वल्लो घर पल्लो घर। एउटाले टिप्यो अर्कोले टिप्यो।साँच्चै हुर्केको पनि मेसो पाईन्न। अझ मलाई मन नपरेको कुरा त के भने एकजना भाईले बिबाह गरे एक जना गाउँकी बहिनीलाई। भाई मलेसिया बस्दा रहेछन्।

बिदामा आउँदा बिबाह गरे। हुन त बिचराहरको बिवशता होला। तर बहिनी सुत्केरी हुँदा बिचरा भाई थिएनन्। आखिरी प्रसबको पिडो के थाहा भयो र त्यो भाईलाई।यता त कमसेकम सँगै त हुईन्छ। एकले अर्काको पिडामा साथ त दिन्छन्। भाई एक्कै चोटी बच्चा हुर्के पछि पुग्छ।बिचरालाई के थाहा हुन्छ कसरि हुर्काईन बहिनीले। कमसेकम यहाँ त हामी जसो तसो समय मिलाएर हुर्काउने प्रयास त गरि रहेका छौ। जे होस सार्है गार्हो छ छोरा छोरी हुर्काउन यो बिदेशमा तर मिले सम्म समय चाँहि दिईन्छ।

कतिको गार्हो छ, कसरि समय निकालेर छोरा छोरी हेरेको छौ भनेर कसैले भन्दैन। बोरु तेरो छोरालाई किन्देको जस्तो खेलाउना पठाईदेन भन्छन्। यसो मिलाएर फोन पठाई देउन भन्छन्। कति सजिलै भन्छन् कि कस्तो तेरो जिन्दगी त, डलर कमाएर ठुलो भईस् रे।सुन्दै कन्परो तातेर आउने। घरि घरि त यति रिस उठ्छ कि लौ आईज अनि हेर रमाईलो छ कि के छ भन्न मन लाग्छ।

दिदीको रिस सकिन नपाउँदै गन्तव्य आउँछ। लौ भाई यस्तै हो पछि भेटौला नि। एउटै लाईन रहेछ बस्ने। दिदी बिचरा स्याँस्याँ गर्दै दगुर्छिन्। मन मनै सोच्छु अजिबको जिन्दगी है परदेशको जिन्दगी।

लेखक: मनोज पौड्याल

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349