भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।ती मध्य २०२ लिङ्क केसहरु रहेका छन् बाँकी २७३ केसको अनुसन्धान भइरहेको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ४९ हजार ३७ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ३५०७ रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड १ लाख १० हजार ७ सय ९९ जनाको कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म २१ हजार १ सय ९२ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३० हजार ३२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या २८ लाख ३४ हजार २ सय ९९ पुगेको छ ।