eNepal

चिर्पटले हानेर ६ जनाको हत्या गरेको बयान दिए मृतक परिवारको नजिँकका आफन्त लोकबहादुरले

संखुवासभाको मादी नगरपालिका- १ स्थित उम्लिङमा एकै परिवारका ६ जनाको हत्या गरेका आरोपीलाई प्रहरीले आज सार्वजनिक गर्‍यो । हत्यामा संलग्न २६ भनिएका वर्षीय लोकबहादुर कार्की मृतक परिवारको नजिँकका आफन्त हुन् ।

हत्यामा संलग्न कार्की मृतक परिवारका १३ दिने दाजुभाई रहेको प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरूणकुमार बिसीले बताए । उनका अनुसार कार्कीको घरबाट हत्या भएको ठाउँको दुरी जम्मा १ सय मिटर मात्रै रहेको छ ।

घटना भएको ६ दिनमा प्रहरीले मुख्य अभियुक्त सार्वजनिक गर्न सफल भएको छ । देशब्यापी चर्चाको विषय भएको हुनाले प्रहरी दवावमा थियो । गाउँमा धेरै चहलपहल नहुने भएकाले चोरी–डकैतीका लागि सो घटना गराइएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको थियो । तर, पैसा तथा सुन घरमै सुरक्षित भेटिएपछि त्यो अनुमान फेल खायो ।

घटनास्थलमा दुईवटा कुकुरलाई प्रयोग गर्दा कुनै सुराक मिल्न सकेको थिएन । घटना भएको साँझ ठूलो पानी परेकाले घटनास्थल भएपछि कुकुरको प्रयोग निस्प्रभावी बनेको थियो ।

कुकुरसमेत अल्मलिएर अपराधीसम्म पुग्ने कुनै क्लु नपाएपछि केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीको टोली घटनास्थल पुग्यो । तर अपराधी पत्ता लगाउन नसकेपछि प्रहरीले पुरै जिल्ला सिल गर्‍यो।

स्थानीयहरुसँग बयान लिने क्रममा प्रहरीले पहिलोपटक शव देखेको भन्ने लोकबहादुरसँग सोधपुछ गर्यो । लोकबहादुरले एक जना भाइले शव देखेको आफूलाई बताएपछि अरु स्थानीयलाई खबर गरेको बताए । तर, उनले दिएको बयान शंकाष्पद पाइएपछि अनुसन्धान उनीमाथि केन्द्रित भएको थियो ।

लोकबहादुरले घटनाबारे बुझन घटनास्थल पुगेका युटुबरलाई अन्तवार्तासमेत दिएका थिए । उनको घरमा खोजतलासी गर्दा प्रहरीले रगत लागेको कपडा फेला पा¥यो । र, त्यसकै आधारमा लोकबहादुर पक्राउ गरे । थप अनुसन्धान गर्दा उनले आफूले नै हत्या गरेको स्वीकारेको प्रहरीले बताएको छ ।

आरोपीले आफूलाई काकाले हेप्ने गरेकोले हत्या गरेको बताएका छन् । सुरुमा तेजबहादुरलाई मात्रै मार्ने सोचे पनि प्रमाण मेटाउनका लागि अरुलाई पनि सिध्याउनुपरेको उनको भनाइ छ ।

घटना विहान साढे ५ बजेको आसपासमा भएको बताइएको छ । धान गोड्न खेताला खोज्न हिँडेका तेजबहादुरलाई मार्न भतिजा लोकबहादुर बाटोमा ढुकेर बसेका थिए । उनले काका तेज बहादुरलाई पछाडिबाट चिर्पटले हानेर ढालेपछि घरबाट श्रीमती र बुहारी रञ्जनाले देखेर चिच्याउँदै आए । त्यसपछि तेजबहादुरले उनीहरुलाई पनि आक्रमण गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले प्रतिकार गर्न नसक्दा हत्याराले सजिलै हत्या गरेको देखिन्छ । आमाहरुको चिच्याहट सुनेर छोराछोरी बाहिर आएपछि उनीहरुलाई पनि लोकबहादुरले बाँकी राखेनन् । उनले दुई बालबालिकालाई पनि घर माथि लगेर चिर्पट दाउराले हानेर हत्या गरे र घरभित्र कुडो पकाउदै गरेकी पार्वतीलाई पनि भित्तामा ठोकाएर चिर्पटले हानेर मारे । तर घरभित्रै रहेका बौद्धमानलाई भने केही गरेनन् ।

आफूले सबैलाई एउटै चिर्पटले हानेर हत्या गरेको लोकबहादुरले प्रहरीलाई बयान दिएका छन् । त्यही चिर्पट घरमा ल्याएर आगो बाली कुँडो पकाएको उनको बयान छ । त्यसपछि उनी केही थाहा नपाएजसरी प्रस्तुत भएका थिए । उनले प्रहरीलाई अनुसन्धानमा सहयोग गर्दै आएका थिए ।

गत सोमबार ९० वर्षीय बौद्धमान कार्कीको ६ जनाको परिवारको हत्या भएको थियो । बौद्धमानका ८४ वर्षीया श्रीमती पार्वती कार्की, ५२ बर्षीय तेजबहादुर कार्की, ५२ बर्षीया कमला कार्की, ३२ बर्षीया रञ्जना कार्की, ११ बर्षीय दिपेन कार्की र ७ बर्षीया गोमा कार्कीको हत्या भएको थियो । घरमै रहेका ९० वर्षका बौद्धमान भने सकुशल रहेका थिए ।

 

Related posts

Yellow Pills: What are They Made use of For?

अविलास

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349