अष्ट्रेलियन नेपाली सिनीयर सिटीजन सोसाइटी (ANSCS) ले बुबाको मुख हेर्ने दिन यानिकी कुशे औंसी २०७८ भर्चुअल अनलाइन जुमको माध्यमबाट सफलतापूर्वक सम्पन्न गरेको छ।
भिक्टोरिया, क्यानबेरा र नेपालबाट ७५ भन्दा बढी अग्रजहरुको भर्चुअल उपस्थितीमा सम्पन्न भएको कार्यक्रम सुजाता श्रेष्ठ, रीता पन्त, अमृता गुरुङ, राज लक्ष्मी श्रेष्ठ र बर्षा केसी राजभण्डारीले समन्वय गरेका थिए भने प्राविधिक सहयोग वरिष्ठ संयोजक बम योन्जनबाट गरिएको थियो।
सोसाइटीले समुदाएका ६५ भन्दा बढी अग्रजहरुलाई शुभकामना सन्देश र नेपाली टोपी सहितको फादर्स डेको शुभकामना उपहार समेत बितरण गरेको छ।
अध्यक्ष डा.सुभद्रा झाको अध्यक्षतामा भएको कार्यक्रमलाई सचिव सुजाता श्रेष्ठले सन्चालन गर्नु भएको थियो। कार्यक्रमको शुरुवातमा पंडित नन्द प्रसादबाट दिर्घायु, शुभकामना र सुस्वास्थ्यको अनुष्ठान पथबाट भएको थियो भने एकअर्कालाई शुभकामना आदनप्रदान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै भिक्टोरियाका लागि नेपालका तर्फबाट अबैतानिक महाबाणिजयदुत चन्द्र योन्जोनले सबै अग्रज महानुभावहरु, अष्ट्रेलियाली नेपाली सिनीयर साटीजन सोसाइटी नागरिक (ANSCS)का अध्यक्ष, आयोजक दिदीबहिनी लगाएत सबै उपस्थितहरुलाई फादर्स डे र नेपाली क्यालेन्डर अनुसार मनाइने कुशे औंशीको शुभ दिनमा शुभकामना सन्देश दिदै सबैलाई कोभिड १९ भ्याक्सिनको खोप लगाएर आफु,परिवार र समुदाएलाई सुरक्षित बनाउन आह्वान गर्नु भयो।
कार्यक्रममा फेडरेशन अफ नेप्लिज कम्युनिटी एसोसियन अष्ट्रेलिया (FeNCAA) का अध्यक्ष कृष्ण हमाल, दक्षिण एशियाली समुदाय लिंक समूह (SACLG) का अध्यक्ष डा.राजु अधिकारी, नेप्लिज एसोसिएसन अफ भिक्टोरीया (NAV) का अध्यक्ष राम गुरुङ, वरिष्ठ कम्युनिटी लिडर जोग लिम्बु र अन्य समुदायका अगुवाहरुद्वारा बधाई आदान प्रदान गरिएको थियो।
करिव डेढ घण्टा चलेको कार्यक्रममा राज श्रेष्ठले कुन मन्दिरमा जान्छौ यात्री बोलको स्वागत गीत प्रस्तुत गरिएको थियो भने प्रदिप राज तुलाधरबाट तिन मुक्तकका साथै नेपालबाट जय बहादुर श्रेष्ठले गीत र कविता प्रस्तुत गर्नु भएको थियो।