भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ३२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।ती मध्य १०७ लिङ्क केसहरु रहेका छन्।
सोहि अवधि भर ५४ हजार २ सय ४२ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या २१६६ रहेको छ । स्वास्थ्य विभागका अनुसार ९९ लाख २२ हजार ७ सय ३१ जनाको कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म २० हजार ८ सय ९८ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३७ हजार ६ सय ४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या २७ लाख १८ हजार २ सय ४७ पुगेको छ ।