भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।ती मध्य ९८ लिङ्क केसहरु रहेका छन्।
सोहि अवधि भर ४२ हजार ४ सय २९ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या १९२० रहेको छ । स्वास्थ्य विभागका अनुसार ९८ लाख ८० हजार ३ सय २ जनाको कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म २० हजार ८ सय १९ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३६ हजार ७ सय १७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या २६ लाख ८० हजार १ सय ७४ पुगेको छ ।