भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।ती मध्य ६४ केस लिङ्क केसहरु रहेका छन् भने दुई जनाको मृत्यु भएको छ।
सोहि अवधि भर ५६ हजार ५ सय १ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ९०० रहेको छ । स्वास्थ्य विभागका अनुसार अहिलेसम्ममा ९५ लाख ४३ हजार १ सय ५६ जनाको कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म २० हजार ४ सय १० जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३३ हजार ४ सय ५५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या २४ लाख ४९ हजार २ सय ५५ पुगेको छ ।