एनआरएनए अस्ट्रेलिया नर्दन टेरीटोरीको नव निर्वाचित टिमले तनहुँ पुलिमराङका क्यान्सर पिडित ३२ वर्षिय प्रकाश गुरुङलाई ४ लाख आर्थिक सहयोग हस्तान्तरण गरेको छ । हाल चितवन भरतपुर १८ गुन्जानगर बस्दै आएका क्यान्सर पिडित गुरुङको उपचारको लागी अस्ट्रेलियाबाट उक्त रकम सहयोग हस्तान्तरण गरेको हो।
एनआरएनए एनटिका बर्तमान उपाध्यक्ष सन्जिव ढकाल (गोर्खाली) को नेतृत्वमा उक्त रकम जम्मा गरिएको थियो।
उक्त रकम संकलन गर्न सहयोग गर्ने एनआरएनए एनटिका अध्यक्ष बिष्णु चापागाई संगै अन्य सम्पूर्ण पदाधिकारीहरु, समाजसेवी जगत थापा संगै सम्पूर्ण अस्ट्रेलियाबासी बिशेषतह: डार्विनमा रहनु हुने सबैलाई उपाध्यक्ष सन्जिव ढकाल (गोर्खाली) धन्यबाद दिनु भएको छ।
भरतपुर न.पा. वार्ड न. १८ मा अवस्थित उनकै निवासमा गई नेपाली काङ्ग्रेस चितवनका पुर्व सभापति टेक प्रसाद गुरुङ, भरतपुर १८ का वडा अध्यक्ष दिपक लामा,समाजसेवी भैरव प्रसाद ढकाल, नेपाली कांग्रेस भरतपुर ५ वार्डका सभापति विष्णु प्रसाद धिताल र शिक्षक संगठन चितवनकी उपाध्यक्ष सिता शर्मा ढकालको बिशेष उपस्थितिमा जननी चार लाख रकम हस्तान्तरण गरिएको थियो।