भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।ती मध्य ४९ केस लिङ्क केसहरु रहेका छन् भने ३६ केस क्वारेन्टाइनमा रहेका केसहरु रहेका छन्।
सोहि अवधि भर ५५ हजार ३ सय ३३ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ७०१ रहेको छ । स्वास्थ्य विभागका अनुसार अहिलेसम्ममा ९३ लाख ४४ हजार ५ सय ५० जनाको कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म २० हजार २ सय ९१ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३५ हजार ७ सय ५३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या २३ लाख २४ हजार १ सय ९८ पुगेको छ ।