eNepal

विधानविपरीत आएका प्रतिनिधिहरुको नामावली अस्वीकार, तीन दिनभित्र पठाउन निर्देशन

गैर आवासीय नेपाली संघको आगामी अक्टोवरमा हुने निर्वाचनमा सहभागि हुने मतदाताहरुको विवरण तीन दिनभित्र पठाउन निर्देशन दिइएको छ । अन्तराष्ट्रिय समन्वय परिषद्ले विधानविपरीत आएका प्रतिनिधिहरुको नामावलीलाई अस्वीकार गर्दै प्रक्रिया पुर्याएर तीन दिनभित्र मतदाताहरुको विवरण पुनः पठाउन निर्देशन दिएको हो ।

यसअघि संघले राष्ट्रिय समन्वय परिषद्हरुलाई अगष्ट १५ सम्म केन्द्रीय प्रतिनिधिहरुको विवरण पठाउन भनेको थियो । तर कतीपय एनसिसीहरुमा प्रतिनिधिको विषयमा विवाद भएपछि विधानभन्दा बाहिरबाट पनि नामावली आएको भन्दै संघले थप तीन दिनको समयसीमा तोकेको हो ।

संघको १०औं अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचनका लागि मतदान प्रक्रियामा सहभागी हुने प्रतिनिधिहरुले लिखित विवरणहरु सूचना प्रकाशित भएको मितिले ३ दिन भित्र पठाउन संघले निर्देशन दिएको हो ।

‘आवश्यक विवरण नपुगेका प्रतिनिधिहरुको जानकारी एनसिसिमा पठाईसकेकोले सम्बन्धित एनसिसि सँग सम्पर्क गरी मागिएको विवरण सचिवालयको आधिकारीक इमेलमा पठाउन हुन अनुरोध गरिएको छ । विवरणमा गैर आवासीय नेपालीको हैसियत खुल्ने कागजातहरु, हालसालै खिचेको फोटो, सम्बन्धित प्रतिनिधिहरुको इमेल, फोन नम्बर मागिएको समेत जानकारी गराइएको छ।

हिजो जारी गरिएको विज्ञप्तिमा भनीएको छ – पहिले सेल्फी अपलोड नगरेको भए सेल्फी अनिवार्य रुपमा Smart NRNA Android/IOS Mobile App बाट अपलोड गर्नु पर्ने छ । त्यसेतै विधानको उपदफा १३.७ (ग) अनुसार ६५ प्रतिशत प्रतिनिधिहरु निवर्तमान कार्यसमितिले  मिति १५ अगष्ट २०२१ भित्र पठाएको नामावलीलाई मान्यता दिईने छ ।

विधानको उपदफा १३.७ (ग) अनुसार महिला, युवा सहित गैरआवासीय नेपाली अभियानमा उल्लेख्य योगदान गरेका व्यक्तिहरु मध्येबाट १० प्रतिशत वर्तमान राष्ट्रिय समन्वय परिषद्ले मिति १५ अगष्ट २०२१ भित्र सिफारिस गरेको नामावलीलाई मान्यता दिईने छ । विधानको उपदफा १३.७ (क) अनुसार निर्वाचित हुने २५ प्रतिशत प्रतिनिधिहरुको सम्बन्धमा केही राष्ट्रिय समन्वय परिषदहरुमा समस्या देखिएकोले सम्बन्धित राष्ट्रिय समन्वय परिषदहरुलाई पत्राचार गरिएको जानकारी समेत जानकारी गराएको छ ।

 माथिको विवरण तोकिएको समय भित्र नआएमा सचिवालयसंग उपलब्ध भएको प्रतिनिधिहरुको विवरण जस्ताको त्यस्तै निर्वाचन समितिमा बुझाईने व्यहोरा समेत अवगत गराएको छ।

 

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349