eNepal

अस्ट्रेलीया आउँदै हुनु हुन्छ, कन्सल्ट्यान्सीले यस्तो सम्म गर्छन है !!!

बिधार्थी कुनै पनि देशको आर्थीक स्रोत हो तेस माथी अस्टेर्लियाको मुख्य आम्दानीको स्रोत नै अन्तरास्टिर्य बिदार्थी हुन् जसमा हाम्रो देश नेपालपनि अब्वल दर्जामा आउँछ।देश राजनीति खिचातानीले अक्रान्त अनी गरिबीको दलदल झन्झन् गहिरीदै गर्दा बिदार्थीमा देशप्रती हिनताबोध अनि कुनै सुनौलो भविस्य नदेख्दा आजका युवाहरु विदेश पलायन हुनु स्वभाबिकनै हो।

आफ्ना साथीहरुको लवाईखवाई,देखासीकि अनि घन्टाको यति र उति आम्दानी तेती मात्र नभएर महङ्गा महङ्गा स्मार्ट फोन देखेर जो कोहि साथीको मन बहरालिनु कुनै नौलो भएन र यो एउटा मानविय गुणपनि हो।

कुरो गरौ कन्सल्टेन्सीको जहाँबाट बिद्यार्थीको बार्गेनीङ शुरु हुन्छ, अनबिग्य बिद्यार्थीहरुको पहिलो यात्रा हुन्छ च्याउसरि उम्रिएका कन्सल्टेन्सीबाट। सहि र भरपर्दो सल्लाहामा सैयौँ कन्सल्टेन्सीबाट अब्वल कन्सल्टेन्सी छान्दै भौतारीन बाध्य हुन्छन् बिधार्थीहरु। बिधार्थीको भविस्यमा भन्दा बढी आफ्नो फाईदामा कस्सा कस्सी गर्छन र अपूरो र सुन्दर सपनाको प्रलोभन देखाई बिधार्थीलाई अतिरन्जित् बनाउनमा अग्रसर हुन्छन्।

सबै कन्सल्टेन्सी खराव भन्नपनि खोजेको होइन तर दस मा नौ चाँहि बिधार्थीको भलो भन्दा नि आफ्नो फाईदामा लुच्छा लुच्छी गरेको मैले देखेको अनि सुनेको छु।डकुमेन्ट बनाउने देखी कलेजको व्यबस्थापन र ईमिग्रेसनका नियमहरुमा सहि र अपडेटेड जानकारी नहुँदा धेरै बिद्धार्थीहरुको भिषा रिजेक्ट हुने गरेको छ। पक्कै पनि भोलीको भबिस्य यानिकी पि.आरको सुनौलो भविस्य देखेर लाखौ पैसा लगानी गरेका हुन्छन् बिधार्थीले तर कन्सल्टेन्सीको अपुरो जानकारीले SOL(Skilled Occupation list) मा नभएका बिषयमा बिधार्थीलाई पठाउँदा समय अनि पैसाको बर्बाद स्वम् मैले अनी म जस्ता हजारौ बिधार्थीले भोगेको तिथो यथार्थ छ।

एकजना भाईले काठमाण्डौको कन्सल्ट्यान्सीबाट अस्ट्रेलीयाको बिधार्थी भिषाको दरखास्त दिएछन्। शुरुवातमा मज्जाले पापड बेल्दै मिठो र गुलीया सपना देखाएछन्।अस्ट्रेलीया पुगे पछि मान्छे लिन आउन देखीको कोठा लगाएतका शुरुवातमा चाहिने आधारभुत बिषयहरु सबै मिलाईदिने प्रतीज्ञा गरेछ।सबै कुरा सुन्दा यहिनै सहि छ जस्तो लागेर सोही कन्सल्ट्यान्सीबाट गर्ने निर्णय बमोजिम कागजात सबै तयार गरेर एप्लाई गर्यो।केही महिना पछि भिषा त आयो।तर भिषा आएपछि जुन पहिला भने बमोजिमको केही नि पुरा गर्देन छ।सम्पर्क गर्दा पनि झुलाउने अनि पछि कुरा गर्छु भन्दै लम्बाएर राख्ने गरेछ।भाई चिन्तै नगर यो नम्बरमा फोन गर्नु भनेछ।बिचरा भाईको अस्ट्रेलीयामा न कोही साथीनै थियो नकोही चिने जानेको मित्र।जे पर्लापर्ला भनेर कोही आएन भने होटेलमा गएर बस्छु भन्ने मनमायका साथ एकजना दाईक साथीलाई कुरा गरेर आएछ।भाईको भाग्य ति साथी लिन गएछन् एयरपोर्ट र केही दिन आफ्नै घरको बैठक रुममा राखि दिएर पछि कोठी खोजिदिएर मिलाई दिएछन्।त्यो कन्सल्ट्यान्सीले दिएको नम्बरमा त कहिलै सम्पर्कनै भएन छ।

आज अस्ट्रेलीयामापनि कन्सल्टेन्सीहरु धेरैनै भईसके,कति खोलीने तर्खरमा पनि छन्। कतिले सहि र राम्रो सल्लाह दिन्छन् भने कतिले कलेजबाट आउने कमिसनको लोभमा बिधार्थीमाथि खेलबाड गरेका प्रसस्तै उदाहरणहरु छन्। नाम नबाउताउने शर्तमा एक बहिनीले कन्सल्टेन्सीको गद्दारको कारण पढाई सकेपछि पाउने अस्थाई भिसाको लागि उचित परामर्स नदिदा थप बिधार्थी भिसामा गएर पैसा र समयको बर्बाद भएको गुनासो पोख्दै थिन्। तेस्तै एकजना भाईले भिसा हालेको धेरै महिना सम्म पनि भिसा नआएको देखेर सिधै ईमिग्रेसनमा बुझ्दा भिसा धेरै अगाडी पठाएको कुरा बताए पछि कन्सल्टेन्सीमा बुझ्दा ईमेल धेरै अगाडी आएको तर अप्डेट नगरेको बताए। यी त केबल झिनामसीना उधाहरण मात्र हुन्। यस्ता हेलचेक्राई धेरै छन् जसका कारण कति बिधार्थी त नेपाल फर्केका समाचार हाम्रो समाजमा धेरै छन्।

नआउनु होस् कसैलाई भन्दैनौ तर बुझेर आउनु होस्।साथीहरुसँग बुझ्नु होस्, आफ्नो अग्रजहरुसँग रायसल्लाह लिनु होस।यति मात्र नभएर ईन्टरनेटको जमाना छ, खोजेको अनि चाहेको बिषय, निती नियम आफै रिसर्च गर्नु होस्।हरेक सुचना सजिलैसँग पाईन्छ।कसैको भ्रम र झुठा आश्वासनमा नफस्नु होस् ताकि भोली गएर पर्पुरोमा हात राखेर सधैको लागि पछुताउन नपरोस्।
तसर्थ व्यापारको नाममा बिधार्थीमाथि कुनै किसीमको खेलबाड नहोस। सहि र भर्पर्दो सुचना प्रदान होस ताकी बिधार्थीले दुःख झेल्नु नपरोस अनि अनाहकमा लाखौ लगानी माटोमा नमिसीयोस् जसले गर्दा घर परिवारमा समेत मानसिक तनाव सिर्जना भई अप्रिय घटना नघटोस। बिषेश गरेर नेपालमा जसले झुटा तर सुन्दर सपना बुनेर, अस्टेर्लियाले टिका लगाएर पि. आर दिने लोभ देखाएर सोझा बिधार्थीलाई नठगीयोस र यहाँपनि कमिशनको लोभमा बिधार्थीलाई बलिको बोको नबनाईयोस। बिधार्थी भिसामा स्वम् बिधार्थीलाई काम, नेपालको ऋृण अनि कति व्यक्तिगत तनाबहरु झेलिरहनु परेको हुन्छ त्यसका अलाबा कन्सल्टेन्सीले सहि सुचना नदिँदा झन् बढि तनाब झेल्नु परेको यहाँहरुमा सर्वबिधीतै छ।

नोटः तपाईलाई ईनेपालको पोस्ट कस्तो लागि रहेको छ।यस्तै लेखहरु जसले केही भएपनि नयाँ भाईबहिनीहरुलाई सुचना दिने हाम्रो प्रयास जारी छ।थप जानकारीको लागी ईनेपाललाई लाईक गर्नु होला।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349