eNepal

मेल्बर्नमा लकडाउनका कारण तीजका कार्यक्रम प्राए रद्द, तास्मानीयामा हुँदैछ गज्जबको तयारी

हिन्दु महिलाहरुको ठुलो पर्व हो, तीज। के देश के विदेश तीजको रमझम बढ्दो छ। महिलाहरुको बिशेष पर्व तीजले देशको सिमाना काटेको छ। जहाँ नेपाली नारी पुगेका छन्, त्यहाँ तिजको रन्को गज्जबकै हुने गर्दछ।प्रवासमा भए पनि दिदीबहिनीहरु तिजको अवसरमा भेट्ने, मनका कुरा गर्ने, तीज गितमा नाच्ने गाउने र रमाइलो गर्न अग्रसरनै हुन्छन्।

झण्डै डेढ वर्षदेखि संसार नै ठप्प जस्तै छ। कोरोना महामारी पछि भएको पटक पटकको लकडाउनले न घरपरिवारसँग भेटघाटनै गर्ने माहौल बनेको छ न त साथीसङ्गीहरुसँग एकैठाउँमा रहेर नाँचन गाउन र  खुलेर रमाउन पाएका छैन्।

गएको साल त जसोतसो घर भित्रै बसेर तीज मनाएका मेल्बर्नका चेलीहरुले यो बर्ष भने कोरोना महामारी केही साम्य होला अनि तीज पर्व रमाइलोसँग मनाउने चाँजोपाँजो मिलाएका थिए।तर मेल्बर्नमा जारी छैठौ चरणको लकडाउनले मेल्बर्नमा मनाउन लागिएको तीजका कार्यक्रमहरु धमाधम रद्द भएका छन्।

७ अगस्टमा भिक्टोरीया राज्यको बेन्डीगोमा दिदीबहिनी समाज बेन्डिगोले आयोजना गर्ने भनिएको तीज कोभीड लकडाउनका कारण रद्द भएको छ।त्यस्तै दोरीन मरिण्डा नेपाली समुदाएले १५ अगस्टमा मनाउन लागेको तीजको कार्यक्रम पनि रद्द भएको छ। अब ९ सेप्टेम्बर बिहीबारका दिन भर्चुअल माध्यमबाट तीज मनाउने आयोजकले जनाएको छ।

त्यस्तै २८ अगस्टमा जिलोङ नेप्लिज एसोसियनले तीजको कार्यक्रम घोषणा गरेको थियो तर पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै सो कार्यक्रमपनि रद्द गरिएको आयोजकले जनाएको छ।

यता दिदीबहिनी समाजको सिग्नेचर कार्यक्रम मध्यको तीज कार्यक्रम पनि कोभीड लकडाउनको कारण यस बर्ष पनि रद्द गरिएको छ। प्रत्यक्ष जमघट गरेर रमाउन नपाए पनि दिदीबहनी समाजले भर्चुअल माध्यमबाट भएपनि दिदीबहिनीलाई जोडाउन अनलाईन तीज कार्यक्रम गर्ने भएको छ।जूम प्रबिधीबाट मनाउन लागि यस बर्षको तीजको स्लोगन “Preserving Culture-Raising Hope” रहेको छ। ९ सेप्टेबर बिहीबारका दिन अपरान्ह तीन बजेबाट ६ बजे सम्म हुने सो भर्चुअल कार्यक्रम नाँचगानको साथमा केही तीज नृत्यहरु सहित अन्य बिशेष प्रस्तुतीहरु पनि राखिएको छ भने समाजले तीजको कोसेली स्वरुप दर पठाउने जनाएको छ।त्यसको लागि भने तपाईहरुले यो लिङ्कमा आफ्नो विबरण भर्नु पर्ने हुन्छ।यसको लागि ५ सेप्टेम्बरसम्मको समयावधी तोकिएको छ।

https://forms.gle/GvvWBDBko5XVhHg3A

गुल्मी समाज भिक्टोरीयाले यो बर्ष पनि गएको बर्ष जस्तै अनलाइन तीज नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ।आकर्षक नगद पुरस्कार सहित चेलीबेटीहरुलाई तीजको कोशेलीको साथमा गर्न लागिएको यसप्रतियोगीतामा प्रथम हुनेले नगद ७५० डलर, द्वितीए हुनेले ५०० डलर र तृतीए हुनेले २५० डलर प्राप्त गर्ने छन्। त्यस्तै नेपालबाट सहभागीता जनाउने दिदीबहिनीहरुको लागि प्रथम हुनेलाई रु २१०००, द्वितीए हुनेलाई रु १५००० र तृतीय हुनेलाई रु १०००० को ब्यबस्था गरिएको छ।

IMG_0235

उता अस्ट्रेलीयाको तास्मानीया राज्यमा भने पछिल्लो समय नेपाली समुदाए ह्वात्तै बढेसँग बिभीन्न खेलकूद लगाएत अन्य मनोरन्जनात्मकहरु पनि प्रसस्तै हुन थालेका छन्। प्राप्त जानकारी अनुसार तास्मानियामा यस वर्ष समुदाय स्तरमा तीजका चार कार्यक्रमहरु हुँदैछन्।

नेप्लिज सोसाइटी अफ तास्मानीयाले ४ सेप्टेम्बरको दिन सिटी हल, 57-63 Macquarie street होबार्टमा डिजे सहितको साँस्कृतिक कार्यक्रम आयोजना गर्दैछ जसमा दर खाने कार्यक्रम, विभीन्न आकर्षक खेलहरु, राफल टिकट लगाएत अन्य मनोरन्जनात्मक कार्यक्रम गर्दैछ।

नेपाली समाज तास्मानिया र नारी निकुण्जको सङ्युक्त प्रयासमा तीज मेला २०२१ हुँदैछ।९ सेप्टेम्बरमा आयोजना हुने यस मेला मल्टीकल्चरल हब 65 Hopkins street, Moonah मा हुँदैछ भने नेपाली सोसाइटी अफ नर्दन तास्मानीयाले २९ अगस्टमा Rocherlea Community Hall, 41 Archer Street, Rocherlea मा तीज सेलेब्रेसन लन्चेस्टन २०२१ आयोजना गर्दैछ।

 

त्यस्तै डेभेनपोर्ट नेप्लिज कम्युनिटीले नारी निकुण्ज तास्मानीयासँगको सहकार्यम ५ सेप्टेम्बरका दिन लाट्रोब मेमोरीयल हल, 170 Gilbert street, Latrobe मा तासमानीया तीज स्पेसल २०२१ आयोजना गर्ने भएको छ।उता बर्नी नेपाली समुदाएले १ सेप्टेम्बरमा नारी निकुण्जसँगको सहकार्यमा The Menai hotel, Burnie मा तीज महत्सव गर्दैछ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349