eNepal

मेल्बर्नमा यस बर्षको गौरा पर्व भर्चुअल रुपमा मनाइदै, भर्चुअल रुपमै गौरापुजन र देउडा नाचिने

हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन पञ्च अन्नको मिश्रण –बिरूडा- तामाको भाँडोमा राखेर गौरा पर्व शुरू गरिने र शिव पार्वतीको पुजा आजा गर्दै पाँचौ दिन बिरूडा फड्किंदै (छर्किंदै) प्रसादका रूपमा विरूडा बाँढेर गौरा पर्व मनाइने चलन रहँदै आएको छ।

कोभीड महामारीका कारण जारी लकडाउन ले गर्दा गत साल जस्तै यो बर्ष पनि सुदुर पश्चिम नेप्लिज सोसाइटी अफ भिक्टोरीयाले आयोजना गर्दै आएको गौरा पर्व भर्चुअल माध्यमबाट आयोजना गर्ने भएको छ। 

नेपालको समय अनुसार दिउँसो १२:१५ बजे र मेल्बर्नको समय अनुसार अपरान्ह ४:३० बाट शुरु हुने गौरा पर्वमा गौरा पुजन, देउडा गीत र नृत्य प्रदर्शनीका साथमा कोरोना भाईरस बिरुद्दको खोप सम्बन्धी बिशेष जानकारी गराउने कार्यक्रम तय भएको छ।

कार्यक्रममा नेपालका बर्तमान प्रधानमान्त्री शेरबाहादुर देउवाले गौरा पर्वको अवसर पारेर पठाउनु भएको शुभकामना सन्देश बाचनका साथै सुदूरपश्चिम प्रदेशको तर्फबाट वर्तमान मुख्यमन्त्री त्रिलोचन भट्ट लगाएत नेपालका तर्फबाट भिक्टोरीयाका लागि अबैतानीक राजदुत चन्द्र योन्जन, एनआरएनए अस्ट्रेलीया बर्तमान अध्यक्ष नन्द गुरुङ, फेडरेशन अफ नेप्लिज कम्युनिटी एसोसियन अष्ट्रेलिया (फेन्का)का अध्यक्ष डा.कृष्ण हमाल, न्याभका बर्तमान अध्यक्ष राम गुरुङ, एनआरएनए भिक्टोरीया कोअडीनेटर हरी खड्का लगाएत अन्य बिभीन्न समाज र सँस्थाका पदाधीकारीहरुको भर्चुअल सहभागीता हुने कार्यक्रम संयोजक नरेश रावलले जानकारी गराउनु भएको छ।

कार्यक्रमलाई रमाईलो र मनोरन्जनात्मक बनाउन कलाकारहरु नरेन्द्रराज रेग्मी, लक्ष्मण अधिकारी, लालबहादर धामी (आछामी बड्डो), जीत चन्द, दोर्जे लामा, अराज केशव, रेखा जोशी, टङ्क तिमल्सिना लगाएतका कलाकारको सहभागीता हुँदैछ।

कार्यक्रममा कोभीड १९ खोप सम्बन्धी जानकारी गराउने उद्देश्का साथ बिशेष शत्रपनि गर्न आयोजना गर्न लागीएको समाजका अध्यक्ष महादेव धानुकले बताउनु भयो।यस सत्रलाई नेप्लिज एसोसिएसन अफ भिक्टोरीया (न्याभ)ले सहकार्य गरेको छ।

भाद्र कृष्ण पञ्चमीबाट सुरु हुने गौरा पर्वलाई यो क्षेत्रका महिलाहरुले माङ्गलिक कामना गर्दै मनाउने गरेका छन् । यो प्रदेशको पहाडी जिल्लावासीले मनाउने प्रमुख चाड हो, गौरा । बसाइँ सरेर तराई झरेकाहरुले तराईमा पनि गौरा पर्व धुमधामसँग मनाउँदै आएका छन् ।

यो पर्वको धार्मिक र सामाजिक महत्व रहेकाले धुमधामसँग मनाइन्छ। गौरा पर्वले लामो समयदेखि बिछोड भएकाबीच मिलन गराउने, आपसी भाइचाराको सम्बन्ध बढाउने, पति पत्नीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने बिश्वास गरिन्छ।

पञ्चमीदेखि सुरु भएको गौरा पर्व अष्टमीको दिन झनै विशेष रुपमा मनाउने गरिन्छ । यसै दिनलाई नेपालमा गौरा पर्वको रुपमा लिने गरिन्छ । यो पर्वमा गौरा (पार्वती) र महादेव (शिव) को पूजा गर्ने गरिन्छ । गौरा पर्वमा गौरा-महादेवको पूजा गर्नाले मनोकामना पूरा हुनुका साथै जीवनमा आनन्द प्राप्त हुने बिश्वास गरिन्छ।

पञ्चमीदेखि सुरु हुने गौरा पर्वको पहिलो दिन दलहन वस्तुको बिरुडा (चना, गहत, गुराँस, सानो केराउ, ठूलो केराउ) भिजाउने चलन छ । बिरुडालाई पञ्चाखिरी शिवमन्त्रको प्रतीक मानिने गरिन्छ । बिरुडा भिजाएर सुरु हुने पर्वको दोस्रो अर्थात षष्ठीका दिन गेंडागुडीलाई नजिकैको नदी, पोखरी वा धारामा धुने गरिन्छ ।

सप्तमीका दिन महिलाहरु खेतमा गएर धान, बलु, कुस, दुबो, साउँ, पाती, कुर्जो, तिल र अपामार्ग गरी नौ प्रकारका विरुवाहरुलाई गौराको रुपमा भित्र्याउने चलन छ।यसैलाई गौरा भन्ने गरिन्छ ।

व्रतालु महिलाले डालोमा राखेर फाग गीत/गाउँदै गौरालाई नचाउने चलन छ । उनीहरुले सप्तमीका दिन गौरालाई गौरा घरमा भित्र्याइ पूजापाठ गर्ने गर्दछन् । विधि विधानअनुसार अष्टमीका दिन गौरा सेलाएर देउडा खेल्ने चलन छ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349