eNepal

तीज गीतमा नाँचेको भिडीयो पठाउनु होस्, गज्जबको नगद पुरस्कार हात पार्नुहोस्

हिन्दुहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा अस्ट्रेलीयाका मेल्बर्न राज्यमा पनि चर्चा, चहलपहल तयारी सुरु भैसकेको छ।गत वर्ष कोरोना कहरका कारण परिवार कोठामा सिमित भएको तीज,यस वर्ष भने अवस्था केही सुध्रिएला कि भनेर बिभीन्न स्थानियनेपाली सँस्थाहरुले तीजका कार्यक्रमहरु आयोजना गर्ने घोषणा गरेका थिए। तर कोभीड १९ को अर्को भेरीयन्ट देखा परेसँग मेल्बर्न पुनःछैटौ चरणको लकडाउनमा भने हिजोबाट रातको बजे बाट बिहान बजे सम्म कर्फ्यु लगाइएको छ। पछिल्लो घटनाक्रमसँगै घोषणागरिएका तीजका कार्यक्रमहरु पनि धमाधम रद्द हुन थालेको छ।

यहि बद्लिदो परिस्थितीलाई मध्यनजर लगाउँदै गुल्मी समाज भिक्टोरीयाले यो बर्ष पनि गएको बर्ष जस्तै अनलाइन तीज नृत्यप्रतियोगिता आयोजना गर्ने भएको छ।आकर्षक नगद पुरस्कार सहित चेलीबेटीहरुलाई तीजको कोशेलीको साथमा गर्न लागिएको यसप्रतियोगीतामा प्रथम हुनेले नगद ७५० डलर, द्वितीए हुनेले ५०० डलर तृतीए हुनेले २५० डलर प्राप्त गर्ने छन्। त्यस्तै नेपालबाटसहभागीता जनाउने दिदीबहिनीहरुको लागि प्रथम हुनेलाई रु २१०००, द्वितीए हुनेलाई रु १५००० तृतीय हुनेलाई रु १०००० को ब्यबस्थागरिएको छ।

अस्ट्रेलीयाबाट सहभागीता जनाउने सबै दिदीबहिनीहरुलाई गुल्मी समाज भिक्टोरीयाले तीजको कोशेली स्वरुप २५ डलर बराबरको गिफ्टपनि दिने समाजका अध्यक्ष गान्धी प्रसाद भट्टराईले बताउनु भएको छ।

कसरी सहभागी हुने?

सहभागीता जनाउनको लागि तपाईहरुले रजिस्ट्रेसन गरेर तीज बिशेष गीतमा गरिएको नृत्यको भिडीयो पठाउन पर्नेछ।भिडीयो २१ अगस्टदेखी ११ सेप्टेम्बर भित्र पठाइ सक्नु पर्नेछ।भिडीयो गुल्मी समाजको आधिकारीक पेजबाट सेयर हुनेछ भने पहिला जस्को भिडीयो आउँछत्यसलाई पहिलो प्राथमिकतामा राखेर अपलोड गरिनेछ। फेशबुक लाइक सेयरको आधारमै ५० प्रतिसत, इन्स्टाग्रामको २५ प्रतिसत युट्युवको भ्युबाट २५ प्रतिसत जोडेर अन्तिम नतिजा १२ सेप्टेम्बरमा गुल्मी समाज भिक्टोरीया इनेपाल टिभी एचडीको अफिसीयल पेजमार्फत प्रकासित गरिने छ।

यस प्रतियोगितालाई ओल्ड दरबार रेस्टुरेन्टले मुख्य प्रायोजन गरेको भने अन्य दर्जनौ व्यापार व्यबसायहरुले सह प्रायोजन गरेका छन्।

Related posts

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Comprehending High Blood Pressure: Reasons, Symptoms, and Avoidance

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349